डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ?

तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको छ भने यो तपाईले ढाँट्नुभएको ठहर्छ । त्यसैले विगतमा आफूले ढाँट्नुपर्नाको कारणबारे स्पष्ट पार्न सक्नुपर्छ । तपाईले अनुभवप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिएरमात्र यो विषयमा कदम चाल्नुहोला ।

विगतमा छोराछोरी नभएको भनेर फर्म भर्ने तर पछि छ भनेर अमेरिका ल्याउन खोज्दा समस्या उत्पन्न हुन्छ । त्यसैले तपाईले युएससीआईएस वा भिसाका कुनै पनि फर्म भर्दा सही विवरण बुझाउनुपर्छ । अन्यथा तपाईले प्राप्त गरेको ग्रिनकार्डमा पनि प्रश्नचिन्ह खडा हुनसक्छ ।

डिभीका लागि आवेदन फारम भर्दा आफ्नो परिवारका सबै सदस्य पति, पत्नी र २१ वर्ष नपुगेका सन्तानको नाम समावेश गर्नुपर्छ । त्यसो नगर्नाले डिभी कार्यक्रमका लागि अयोग्य बन्न सकिन्छ। सँगै अमेरिका जाने विचार गर्नुभएको छैन भने पनि उहाँहरूको नाम चाहिँ अवश्य खुलाउनुपर्छ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com