चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।
गएराति ११ः२५ बजे ना३ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन्।
ट्रकका सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए। बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।