वार्षिक २५ लाखसम्म बचत गर्ने आशमायाको कथा !


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट दोब्बर बढी फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केराखेती नगदेवाली र छिटो हातमा पैसा आउने खेती भएकाले अहिले हामी यो खेतीतर्फ आकर्षित भएका हौँ ।’’

पहिला उखुखेती गर्दा उखुको भुक्तानी समयमा नपाइने समस्याले ऋण गरेर खर्च धान्नुपर्ने बाध्यता थियो । अहिले दिनचर्या नै केराघारीमा बित्ने गरेको छ, मनग्य पैसा पनि आउने गरेको छ ।

विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएका प्रतापपुरका लख्खु यादवले पनि यही खेतीबाट वार्षिक रु १२ लाख बचत गर्न सफल हुनुहुन्छ । नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष रहनुभएका यादवले एक बिघा क्षेत्रफलमा यो खेती गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“नगदेवालीकै रुपमा रहेको उखुखेतीबाट दिक्क भएपछि उखुलाई विस्थापित गरी यो खेती थालेँ”, उहाँले भन्नुभयो । आशमाया र लख्खु जस्तै अहिले पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा मात्रै ८८२ जना कृषकले व्यावसायिक रुपमा केरा खेती गरिरहेका छन् । सुस्ता गाउँपालिकामा मात्रै ६१८ जनाले केराखेती गरेका छन् । उखुको पकेट क्षेत्रको रुपमा चिनिएको यो क्षेत्र यतिबेला भने केराखेतीको पकेट क्षेत्र बन्दै गएको छ ।

उखुको उर्वरभूमि रहेपनि पछिल्ला केही वर्षदेखि उखुखेती छोडेर यहाँका ३५ प्रतिशत किसानले केराखेती गरेका छन् । उखु मिलहरुले समयमा भुक्तानी नदिने, समयमा र उचित मूल्य निर्धारण नहुने लगायतका समस्या झेल्नु परेपछि यहाँका किसानले केरालाई वैकल्पिक खेतीको रुपमा अङ्गालेका हुन् ।

नवलपरासी केरा उत्पादक सङ्घका अनुसार किसानले जिल्लामा टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाइब्रिड उन्नत जातका केराखेती गर्दै आएका छन् । यहाँ १२०० बिघा क्षेत्रफलमा केराखेती गरिएको छ । एक कठ्ठामा ५०/६० हजार आम्दानी हुने गरेको छ, जबकी खर्च १५/२० हजार मात्रै लाग्छ ।

नवलपरासीमा उत्पादन हुने केरा नारायणघाट, पोखरा, बुटवल, भैरहवा र काठमाडौँसम्म पुग्ने गरेको सङ्घका अध्यक्ष यादव बताउनुहुन्छ । चाडपर्वको बेला धेरै माग हुने भएकाले व्यापारी खेतमै पुग्ने गरेका छन् ।

भारतबाट केराको आयातलाई घटाउन सकेमा नेपाली किसानले उब्जाएको केराले राम्रो बजार पाउने उल्लेख गर्दै उहाँ थप्नुहुन्छ । “सरकारले केराका लागि ल्याएको बीमा नीतिलाई किसानमैत्री बनाउने, बजार व्यवस्थापन, बाढीबाट जोगाउने उपाय, सहुलियत दरमा बीउबिजन, मलखादको व्यवस्था गरेमा केराबाट किसान आत्मनिर्भर बन्छन् ।” बाढी प्रभावित क्षेत्र भएकाले यहाँका किसानले वर्षैनी लगायतको केराखेतीमा नोक्साउन पुराउने गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com