स्वतन्त्र जीवन बाँच्न परिवारबाट भागेकी साउदी युवतीको कथा !


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम लिनलायक काम भएको बताएकी छन्।दुई हप्ताअघि १८ वर्षीया रहफ मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन्।परिवारले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बता एकी थिइन्।

टोरन्टो स्टार समाचारपत्रिकासँग कुराकानी गर्दै उनले भनेकी छन्, ‘मैले लिएको जोखिम लिनैपर्ने थियो। मैले गुमाउनुपर्ने केही थिएन।’‘हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ,’ उनले भनिन्, ‘म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग क स्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ।’

परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन्।उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदा नी खोसिदिएको उनको दाबी थियो।

फर्किने टिकट र आवश्यक कागजपत्र नभएको भन्दै उनलाई थाई अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। त्यहाँबाट उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै विभिन्न देश, मानवाधिकारवादी संस्था र संयुक्त राष्ट्रसङ्घलाई ट्विटरबाट गुहारेकी थिइन्।तर पछि उनले रा हदानी फिर्ता पाएको ट्विटरमा लेखेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्युमन राइट्स वाच र थुप्रै पत्रकारहरूले यस विषयमा बोल्न र लेख्न थालेपछि थाईल्यान्डले उनलाई त्यहीँ रहन दिएको थियो।परिवारले परित्याग गरेकाले उनले अहिले आफ्नो पुरानो थर अलकुनुन लेख्न छोडेकी छन्।संयुक्त राष्ट्रसङ्घले उनको शरणार्थी हुन पाउनुपर्ने मागको बारेमा छानबिन गरेको थियो र उनलाई शरणार्थीको मान्यता दिएको थियो।

त्यसपछि उनी क्यानडा उडेकी हुन्।‘यस्तो हुनसक्ने एक प्रतिशत सम्भावना होला भनेर मैले सोचेकै थिइनँ,’ उनलाई उद्धृत गर्दै टोरन्टो स्टारले लेखेको छ, ‘मानवाधिकारलाई सम्मान गर्ने देश क्यानडामा म सुरक्षित अनुभव गरिरहेकी छु। ’

उनले थपिन्, ‘यहाँ मेरो आगमन कुरेर बसेकाहरूबाट प्राप्त मायाले मलाई आफ्नो पुनर्जन्म भएको जस्तो लागेको छ।’रहफले क्यानडाको हावापानीसँग अनुकूल हुन आफूलाई केही समय लाग्ने तर नयाँ अनुभवका लागि उत्साहित रहेको बताइन्।‘म कहिल्यै नगरेका कुराहरू गर्छु,’ उनले सीबीसी टीभीलाई बताइन्।‘म नसिकेका कुराहरू सिक्नेछु। जीवनलाई बुझ्नेछु, म जागिर खानेछु र एउटा सामान्य जीवन बाँच्नेछु।’ बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com