निर्मलाकी आमाले रगत दिएपछि ‘फसाउन खोजेको भन्दै’ पति र सौताले गरे दुर्ब्यबहार


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि फसाउन खोजेको भन्दै पति र सौताले निर्मलाकी आमा दुर्गादेवीमाथि हातपात गरेका छन् । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाको रगतको नमुना संकलन गरिएको थियो ।

रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताएकी छन । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताइन् ।

निर्मलाको ‘भेजाइनल स्वाबमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएकी थिइन् । डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् ।

भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका थिए । रगत दिएको विषय र राहत बुझ्न लागेको विषय उठाएर श्रीमान्ले घाँटी च्याप्न खोजेपछि निर्मलाकी आमा फुत्केर बाहिर आएकी थिइन् ।

‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे।’ दुर्गादेवीले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com