अमेरिका निवासी राजेन्द्र श्रेष्ठले दिए पर्वतको क्याम्पसलाई साढे २० लाख


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

अमेरिकाको न्युजर्सी निवासी राजेन्द्र श्रेष्ठले पर्वतको हुवास बहुमुखी क्याम्पसलाई आफ्नो व्यक्तिगत कमाईको हिस्साबाट २० लाख ६५ हजार ५ सय रुपैया प्रदान गर्नुभएको छ । आफूले पढेको स्कुल कलेजमा विकसित भएपछि श्रेष्ठले कलेजको विकाशका लागि यो रकम प्रदान गरेका हुन् । श्रेष्ठले एक समारोहका बीच उक्त रकम क्याम्पस प्रमुख तीलक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यो कलेजका लागि यति धेरै रकम सहयोग गर्ने श्रेष्ठ पहिलो व्यक्ति हुन् । पर्वतको हुवासमा जन्मेका श्रेष्ठ बिगत १७ वर्षदेखि अमेरिकाको ज्युजर्सीस्थीत फेयरलनमा बस्दै आएका छन् । क्याम्पसको आफ्नैं भवन नभएकोले स्कुलको केही कोठाहरु भाडामा लिएर विहानी कक्षाहरु संचालन गर्दै आएको छ ।

त्यस्तै भूकम्पबाट क्षतिग्रीत स्कुल भवन निर्माणका लागि फेसबुकमार्फत संचालन गरेको अभियानबाट संकलित १४ लाख १३ हजार ५ सय ३१ रुपैया पनि श्रेष्ठले हुवासकै विद्यालयलाई हस्तान्तरण गरेका छन् । श्रेष्ठले यस अगाडी पनि झण्डै चारलाख रुपैया र शैक्षिक सामाग्रीहरु पनि हस्तान्तरण गरेका थिए ।

त्यस्तै श्री जनसेवा संस्कृत उच्च माबि पैयु हटियाको लागि विभिन्न देशका पैयुँबासीबाट ४० थान कम्प्युटर सहयोग गरेका छन् । कम्प्युटर ल्याब सञ्चालन गरौं, स्थानीयस्तरमा प्राबिधिक दक्ष जनशक्ति तयार पारौँ भन्ने उद्देश्यले फेसबुकमार्फत गरिएको अभियानमा विभिन्न देशमा रहेका पैयुँबासीहरुले सहयोग गरेका हुन । स्कुलका लागि सनराइज रोटरी क्लब, फेयरडाउन न्युजर्सीबाट राजेन्द्र श्रेष्ठमार्फत २८ थान कम्प्युटर स्कुलका प्राध्यानाध्यापक शोभाकान्त रिजाललाई हस्तान्तरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो अवसरमा सरौँखोलाका राजेन्द्र तिवारीबाट २ थान, , महेन्द्र श्रेष्ठ (जापान), कृष्णप्रसाद र दुर्गा तिवारी (बेल्जियम), बिमल गौतम (कोरिया), उदयराज गौतम (डेनमार्क), समिर श्रेष्ठ (जर्मनी), पदम श्रेष्ठ र रेखा श्रेष्ठ (जर्मनी), सरोज र अन्जनी श्रेष्ठ (यूएसए), शम्भु थापा (यूएसए), दानप्रसाद गौतम र बालकुमार छेत्री (अफगानिस्तान) र जापानी नागरिक कान्जाकी ताकाओकीले समेत एक एक गरी ४० थान कम्प्युटर स्कुललाई प्राप्त भएको थियो । हिमाल भट्टराई (जापान) ले एक प्रोजेक्टर र ठूलो पर्दा, र गोपी भुसाल (जापान), ले एक थान ल्यापटप प्रदान गरेका छन् ।

त्यस्तै निरु भुसाल (जापान)ले स्कुलमा पंखा जडानका लागि तीस हजार रुपैयाँ सहयोग गरेका छन् भने हटिया घरभै हाल देहरादुन बस्ने आर्मी कर्नेल दिलिपकुमार प्रधानले केहि दिनमा आफ्नो नेपाल भ्रमणका अवसरमा आफै उपस्थित भै ३० हजार रुपैयाँ हस्तान्तरण गर्ने बताइएको छ ।

यसैबीच उच्च माविका प्राचार्य शोभाकान्त रिजालले दाताहरुबाट प्राप्त सम्पतिको संरक्षण गर्दैै विद्यार्थीहरुलाई प्रविधिमा प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com