कमिसन बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्नो माग पुरा नभएर डिलरहरुले सबै तालाचाबी सरकारलाई चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्यासको मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग राखेको छ ।
डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने र व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, डिलरलाई इजाजत दिँदा तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने लगायतका माग महासंघले राखेको छ । माग पूरा नभए पुस २९ देखि ग्यास उद्योगमा धर्ना,तालाबन्दी र नेपाल आयल निगम घेर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।