कमिसन नपाए ग्यास बिक्रेताले आन्दोलन गर्ने


प्रकाशित मिति : पुस १२, २०७३ मंगलबार

कमिसन बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले  कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्नो माग पुरा नभएर डिलरहरुले सबै तालाचाबी सरकारलाई चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्यासको मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग राखेको छ ।

डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने र व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, डिलरलाई इजाजत दिँदा तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने लगायतका माग महासंघले राखेको छ । माग पूरा नभए पुस २९ देखि ग्यास उद्योगमा धर्ना,तालाबन्दी  र नेपाल आयल निगम घेर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com