आचार्य  समाजद्धारा अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई न्यानो वितरण


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

आचार्य बन्धु समाज केन्द्रिय कार्यलय काठमाडौँले सप्तरीका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो वितरण गरेको छ ।

बाक्लो हुस्सुसँगै बढेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको बेला आचार्य बन्धु समाजले  सप्तरीका विपन्न परिवारलाई न्यानो वितरण गरेको समाजका सचिव विष्णु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सप्तरीको कञ्चरीया, खड्क नगरपालिका वडा नम्बर, ३,५ र ६ का गरुडा, कंचिरा, बनरजुला, खर्चिया, खोजपूर र बेलवारीका दतिल ज्येष्ठ नागरिक तथा अपांङ्गता भएकाहरुलाई ब्यांकेट,वितरण गरिएको हो ।

समाजले सप्तरी कञ्चरीया का एक सय असी  विपन्न  घर परिवारका अपांग तथा ज्येष्ठ नागरिगलाई न्यानो वितरण गरेको छ |

समाजका सचिव विष्णु आचार्य  र संस्थाका सदस्य प्रकाश आचार्यले त्यहाँको दलित बस्तिमा पुगेर शनिवार न्यानो वितरण गर्नु भएको हो ।

समाजका निवर्तमान अध्यक्ष तथा समाजसेवी कृष्ण आचार्यको पहलमा गत वर्षदेखि सप्तरीमा विपन्न परिवारलाई न्यानो वितरण गर्ने कार्य सुरुभएको थियो ।

समाजले अबको पाँच वर्षसम्म सप्तरीका विभन्न ठाउँमा पुगरे विपन्न परिवारलाई विभिन्न राहातका सामाग्री वितरण गर्ने निर्णय समेत गरेको सचिव विष्णुले जानकारी दिनुभयो ।

समाजसेवी तथा उद्योगी कृष्ण आर्चायले गतवर्ष सप्तरीमै ब्यतिगत रुपमा एकसय ब्यांकेट र पाँच सुटकेस लगाउने   न्यानो लुगा वितरण गर्नु भएको थियो

१८० परिवारको लागि बन्दु समाजले संयुक्त रुपमा सहयोग गरेको थियो भने निर्वतमान अध्यक्ष कृष्ण आचार्यले ब्यत्तिगत रुपमा पनि एक सय थान ब्यांकेट सहयोग गर्नु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com