एनआरएन अमेरिकाले पृथ्वी जयन्ती नमनाउने, एकता दिवस मनाउने !


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

एनआरएन अमेरिकाले आगामी जनवरी ८ मा ‘पृथ्वीजयन्ती र नयाँ बर्षको शुभकामना आदानप्रदान’ गर्ने भन्दै तय गरेको कार्यक्रमको नाम परिवर्तन गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले जनवरी ८ मा न्युयोर्कमा गर्ने कार्यक्रमको नाम ‘एकता दिवस तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम २०१७’ राखेको छ ।

गणतन्त्रपछि पुष २७ गते लाई राष्ट्रिय दिवसको रूपमा मनाउन छाडिएपनि इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाइदै आइएको थियो । पञ्चायतकालमा यस दिवसलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा मनाइन्थ्यो भने २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको थियो । राष्ट्रिय एकता दिवस पृथ्वीनारायण शाहकै सम्झनामा मनाइदै आएको थियो ।

एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्लेले जारी गरेको वक्तब्यमा कार्यक्रमले नेपाली संघसंस्था तथा सहभागी सबै नेपालीहरुबीच नयाँ वर्ष २०१७ को शुभकामना आदान प्रदान गर्नुका साथै नेपालीनेपाली बीचको एकता अनि भाइचारालाई एक सुत्रमा बाँध्ने जमर्को गर्दै एकताको सन्देश फैल्याउने उद्देश्यलाई समेत अघि सार्ने विश्वास लिइएको छ । साथै एकताको नारा लिएर अमेरिकाको डालस टेक्सासमा सम्पन्न हुन गै रहेको गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, अमेरिकाको पाँचौं वार्षिक साधारण सभाको ठीक एक हप्ता अगाडि गरिने यो कार्यक्रममा वार्षिक साधारण सभाको प्रचार प्रसार, तैयारी र सदस्यता वितरण तथा विधान संसोधन सम्बन्धि छलफल गरी स्थानीय तहमा अन्तिम सुझाव संकलन गर्न सकिने जनाइएको छ ।

एनआरएनले पृथ्वी जयन्ती मनाउने भन्दै गरेको निर्णयको विरोध भएपछि कार्यक्रमको नाम परिवर्तन गरिएको हो । तर पृथ्वी जयन्तीको साटो नाम परिवर्तन गरी एकता दिवस मनाउने भन्दै गरिएको निर्णयलाई कतिपयले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ कामको संज्ञा दिएका छन् । संचारकर्मी शैलेश श्रेष्ठले एनआरएनको पछिल्लो निर्णयबाट ‘पश्चगामी सपना बुन्ने योजनाकारको दिवास्वप्न पहिलो कित्तामै तुहिन पुगेको’ बताएका छन् भने न्युयोर्कका युवा सामाजिक कार्यकता मिलन शाहीले पृथ्वी जयन्तीको नाम फेरेर एकता दिवसका रुपमा मनाउन लागिनुलाई ‘मोही माग्ने ढुंग्रो लुकाउने काम’को संज्ञा दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com