कान्तिपुरले बदमासी ग-यो : पोषण केसी


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले कान्तिपुर पब्लिकेशनले न्युनतम पारिश्रमिक पूर्ण रुपमा लागु भएको भनी समितिलाई ढाटेर बदमासी गरेको बताएका छन् । न्यूनतम पारिश्रमिक समितिलाई कान्तिपुरको व्यवस्थापनले न्युनतम पारिश्रमिक सम्पूर्ण रुपले लागु भइसकेको भनेर जानकारी दिएपनि मजदुर र कर्मचारीहरुले आन्दोलन घोषणा गरेको देख्दा आफू छक्क परेको केसीले बताए । ‘मलाई त थाहै थिएन, अहिले तपाईहरु आन्दोलनमा हुनुहुन्छ भन्ने बुझेपछि कान्तिपुरको व्यवस्थापनले बदमासी गरेछ,’ कान्तिपुर पब्लिकेशन्स संयुक्त संघर्ष समितिले शनिवार आयोजना गरेको अन्तरक्रियामा केसीले भने ।

केसीले मजदुरको हकमा १४ हजार ४ सय दिने राजपत्रमा प्रकाशित भइसकेपछि पनि मिडियाका मालिकहरुले सरकारलाई नै प्रभाव पारी मन्त्रीपरिषदबाट निर्णय गराउन ठूलो कसरत भइरहेको खुलासा गरे । न्युनतम पारिश्रमिक निर्धारण समितिलाई मालिकहरुको चलखेल मान्य नहुने उनको धारणा थियो । मजदुरहरुले उठाएका मागप्रति आप्mनो संस्था र आफ्नो ऐक्यवद्धता रहेको केसीले बताए । सबै पार्टी र निकायको साथ लिएर अघि बढ्न मजदुरलाई आग्रह पनि केसीले गरेका थिए ।

अन्तरक्रियामा टे«ड यूनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौलाले मजदुरहरुले उठाएका मागप्रति आप्mनो संगठनको पूर्ण समर्थन रहेको बताए । ‘साझा मुद्धा बनाएर मजदुर कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन्, हाम्रो सदैव साथ र समर्थन छ,’ निरौलाले भने । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवं जवस उपत्यका व्यूरो इन्चार्ज उत्तमले आफ्नो पार्टी सँधै मजदुरहरुको पक्षमा रहेको स्पष्ट गर्दै आन्दोलनमा निष्कर्षमा पु¥याउनु पर्ने धारणा राखे । माग पुरा नभएसम्म दृढतापूर्वक लागिरहन आग्रह गर्दै उत्तमले पार्टीले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

क्रान्तिकारी पत्रकार संगठनका उपत्यका बिशेष व्यूरो समन्वय समिति संयोजक जन्मदेव जैसीले मजदुरहरुलाई अलग अलग गरेर श्रम शोषण गर्न पल्केका मालिकहरुविरुद्ध कान्तिपुरका मजदुरहरु एकतावद्ध भै अघि बढ्नु ऐतिहासिक काम भएको बताउँदै मजदुरहरुलाई १४ हजार ४ सय न्युनतम पारिश्रमिक नदिएसम्म संगठनले निरन्तर आन्दोलनमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका उपाध्यक्ष अर्जुन गौतमले मजदुरहरुले विश्वमै हारेको इतिहास नभएले निर्धक्क भएर आन्दोलनमा लाग्न अपिल गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वर्षको चैत्रमा भएको ९ बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै कान्तिपुर पब्लिकेशनमा कार्यरत मजदुर कर्मचारीहरुले पुस ८ गतेदेखि मुल गेटमा धर्ना दिएर आन्दोलनमा उत्रिएका छन् । संघर्षका कार्यक्रम अन्तर्गत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, हस्ताक्षर संकलनलगायतका पहिलो चरणका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com