ज्ञानेन्द्रलाई पनि बोल्ने अधिकार छ, उनले त्यही अधिकार प्रयोग गरेका हुन् : टोपबहादुर रायमाझी


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपनेता रायमाझीले संविधान संशोधन प्रस्ताव जनताको चाहना नै नभएकोले यसलाई फिर्ता गर्नुपर्ने बताएका हुन् ।

रायमाझीले भने,‘यो प्रस्ताव जनताको चाहना विपरित छ, सरकारले संशोधन प्रस्ताव फिर्ता लिँदा राम्रो हुन्छ, गाह«ो हुन्छ भने यसलाई तत्काल स्थग्न गरेर चुनावमा गई संविधान कार्यान्वयन गर्नुपर्छ ।’

क्लबका प्रतिनिधि मुकुन्द कालिकोटेको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रदेश सिमांकन हेरफेरसहित आएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा नरहेको आरोप लगाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अघि थपे,‘अहिले प्रदेशको सिमांकन हेरफेर गर्न कुनै आवश्यक नै छैन्, यो राष्ट्र, जनता र कुनैपनि पार्टीको हितमा छैन्, पहिले मिलिसकेको कुरालाई अब विवादमा ल्याएर बल्झ्याउने काम गर्नुहुँदैन् ।’

रायमाझीले ९० प्रतिशतले जारी गरेको संविधान संशोधन गर्ने हो भने त्यो भन्दा बढिको सहमति र सहभागितामा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘होईन भने यो जनमतको अपमान हो, उल्लंघन हो ।’

उनले संविधान संशोधन नभए संविधान नै कार्यान्वयन हुँदैन भन्ने कुरामा आफू असहमत रहेको बताउँदै भने,‘९० प्रतिशतले बनाएको संविधान अब कार्यान्वयनमा जुट्नुपर्छ, सबै दल गम्भिर गर्नुपर्छ, यदि आन्दोलनकारीहरुको माग सम्बोधन गर्ने हो भने सबै दलहरुवीच सहमति हुनुपर्छ ।’

फरक प्रसँगमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ जारी गरेको प्रेस वक्तव्यलाई लिएर उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र पनि यो देशको नागरिक हुन्, उनले बोल्न पाउँछन्, गणतन्त्रमा सबैलाई आफ्नो कुरा राख्न पाउने अधिकार छ, उनले त्यही अधिकार प्रयोग गरेका छन् ।’ यद्धपी उनले पूर्वराजा शाहले जारी गरेको वक्तव्यमा भाषा अमूर्त रहेको भन्दै त्यसबारेमा आफूले कुनै टिप्पणी नगर्ने स्पष्ट पारे ।

उनले मुलुकमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक स्थिति मजबुद भएको भए बाह्य शक्तिले चलखेल गर्न नसक्ने बताउँदै मुलुकको आन्तरिक राष्ट्रियतालाई बलियो बनाउँदै आर्थिक समृद्धितिर लाग्नुपर्नेमा जोड दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com