लक्ष्मी परियारको हत्या सम्बन्धमा अमेरिकामा राजदूतलाई ज्ञापन


प्रकाशित मिति : पुस ७, २०७३ बिहीबार

-बिजय थापा ,वाशिंगटन डीसी

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझाएको छ l

नेपालमा जातीय विभेदको आडमा भइरहेको श्रृंखलाबद्ध घटनाहरु यथाशिघ्र रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदै लक्ष्मी परियार हत्या प्रकरण सम्बन्धमा ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(बिद्या वारिधि ) लाई बुझाईएको छ l

सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नासो कम्यूनिटी अमेरिका स्तब्ध भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरेको छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको जनाएको छ l

उक्त ज्ञापन पत्रमा एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएको छ भनी राजदूत मार्फ़त प्रधानमन्त्री पुष्पकमल दाहाल लाई संबोधन गर्दै ज्ञापन पत्र राजदूतलाई बुझाइएको हो ।

दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको भन्दै यस्ता घटनामा नेपाल सरकार गम्भीर होस भनी ध्यानाकर्षण गराएको छ l

घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । र घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं भनी उल्लेख गरेको छ l

पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण ,बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टी हामी नेपाल सरकारसंग माग गर्दछौं भनेको छ l

यसको साथै संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउंदै उक्त मागहरु पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउंदछौं भनी ज्ञापन पत्रमा जनाएको छ l

लक्ष्मी परियारमाथि भएको क्रुर, बर्बर र अमानवीय व्यवहारलाई ढापछोप गरी उल्टै झुठामुद्दामा ६ हजार रुपैयां पीडक पक्षलाई तिर्नुपर्ने भन्दै कागज गराउने प्रहरी अधिकारीलाई तत्काल कारवाही गरियोस् । राजनीतिक तथा आर्थिक प्रलोभन र प्रभावमा पारी यस घटनामा दोषि छुट्ने र निर्दोषलाई फसाउने नियत देखिएकोले हिरासतमा रहेका आरोपितहरुलाई निस्पक्ष सुनुवाइको व्यवस्था गर्न हामी माग गर्दछौं भनी ज्ञापन पत्र नेपाल सरकारलाई राजदूत मार्फ़त हस्तांतरण गरेको छ l

यस घटना लगायत जातीय विभेद र मानव अधिकार उल्लंघनका घटनाहरुमा नेपाल सरकार गम्भीर नभए नासो कम्यूनिटी अमेरिका लगायत प्रवासमा रहेका संघ संस्थाहरु विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा दबाब र आन्दोलन गर्न बाध्य हुनेछौं भनी ध्यानाकर्षण समेत गराएको छ l

राजदुताबासमा ज्ञापन पत्र बुझाउन ऐक्यबद्धता देखाउने संघ तथा संस्थाहरुमा नासो कम्यूनिटी अमेरिका, केन्द्रीय समिति अध्यक्ष,गोपाल विश्कर्मा,नासो कम्यूनिटी अमेरिका, न्युयोर्क च्याप्टर रायन लाम्गादे ,दलित अधिकारका लागि अन्तराष्ट्रिय आयोगका डि.बि. सागर विश्वकर्मा ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका का अध्यक्ष कुलमणि आचार्य ,गैरआवसीय नेपाली संघ, मेरिल्याण्ड ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज, मेरिल्याण्ड ,कास्की समाज, अमेरिका ,म्याग्दी समाज, अमेरिका मोदीकाली समाज, अमेरिका तमु समाज, मेरिल्याण्ड रहेका थिए

यसै गरि नासो कम्यूनिटी अमेरिकाका पूर्व अध्यक्ष धरम बिश्वकर्मा ,डीसी महानगर क्षेत्र अन्य ब्यक्तिहरुमा धनु नेपाली ,पूर्ण सिंह बराईली ,दिलीप नेपाली तथा बिष्णु बिश्वकर्मा समेत ज्ञापन पत्र बुझाउन गएका थिए

ज्ञापन पत्र बुझाए पछि राजदूत कार्कीले नेपाल सरकारलाई यो कुराको जानकारी गराउने बताएका थिए l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com