शृंखलाको अनुरोध ‘मिसवल्डको अन्तिम दिन फिनाले सम्म मलाई भोट गर्नुस’
प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार
चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुन पुगेकी मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा ‘मल्टिमिडिया’ तथा ‘ब्युटी विथ अ पर्पस’को अवार्ड जित्न सफल भएसँगै उत्कृष्ट तीस भित्र सुरक्षित हुँदै उनी यस पटकको प्रतियोगिताको शीर्ष स्थानका लागि प्रबल दाबेदारका रुपमा देखा परेकी छिन् ।
चिनमा रहेकी शृंखलाले एक मिनेट अगाडी आफ्नो फेसबुकमा लेखेकी छिन ‘आफुँलाई मिस वल्डको फिनालेको नाईटसम्म भोट गर्न अनुरोध गरेकी छिन ।’ साथै भनेकी छिन ‘मसँग केहि महत्वपूर्ण खबर छ । त्यो केहिछिनमा सेयर गर्ने छु’ ‘नेपालको लागि सबैले एकसाथ लागौँ’ उनले लेखेकी छिन ।
यस पटकको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधि ताज नेपाली चेलीको शीरमा सजिने प्रबल संभावनासँगै यसको वास्तविक संभाव्यताको अंक गणित आफ्नो ठाउँमा होला तर, सौन्दर्य प्रतियोगिताको विश्व मंचमा नेपाली चेली श्रृङ्खलाको अहिलेसम्मको उपलब्धि र चर्चा प्रसंगले समग्रमा सौन्दर्य प्रतियोगितामा रुचि राख्नेहरुदेखि यसका समिक्षकहरुलाई सकरात्मक रुपमा सोच्न र आकर्षित गर्न सफल भएको छ ।





