२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिकी अध्यागमन टिप्स

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका छन् । जुन भिसाबाट नेपाली मोडलहरु पनि अमेरिका आउन सक्नेछन् ।

नेपाली मोडलिङ उद्योगमा युवायुवतीहरुको आकर्षण बढिरहेको अवस्थामा उनीहरु अमेरिका आउन चाहेको खण्डमा तीन प्रकारका भिसाहरु प्रयोग गर्न सक्नेछन् ।

फेशन उद्योगमा रहेका मोडलहरुका लागि अमेरिकी सरकारले तीनबर्षसम्म अमेरिकाका बसेर काम गर्न मिल्ने एचवान बीथ्री भिसा उपलब्ध गराउँदै आएको छ । त्यसका लागि एउटैमात्र योग्यता भनेको चर्चित मोडल हुन जरुरी छ ।

यो भिसामा आउनका लागि अमेरिका आउन चाहने मोडलका लागि अमेरिकामा रहेको स्पोन्सर कम्पनीले आवेदन दिनुपर्छ , जसमा कामदार भिसाको ६५ हजारको कोटा लागु हुन्छ । अब यो भिसाका लागि विद्युतीय आवेदन दिनसकिने प्रावधान ल्याउन लागिएको छ ।

कहिलेदेखि आवेदन भर्न सकिने भन्नेबारे युएससीआईएसले सुचना जारी गर्नेछ । जनवरीको अन्त्यतिर यस्तो सुचना जारी हुनसक्ने जनाइएको छ । विगतका बर्षहरुमा कागजी आवेदन भने अप्रिल १ देखि खुलाउने गरिन्थ्यो । यो भिसामा मोडल ल्याउनका लागि स्पोन्सर कम्पनीले लेबर सर्टिफिकेट प्राप्त गरेको हुनुपर्छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै मोडलहरु अमेरिका आउनसक्ने अर्को भिसा हो, ओ वान बी भिसा । आफ्नो फिल्डमा अति दक्ष रहेको देखाउन सकेमा यो भिसा प्राप्त गर्न सकिन्छ । यो भिसाका लागि अमेरिकी रोजगारदाता वा अमेरिकामा रहेका एजेन्टले आवेदन दिनसक्छन् । सुरुमा तीनबर्षसम्मका लागि दिइने यो भिसाको अवधि एकबर्षसम्म थप्न सकिन्छ । यो भिसाका लागि कुनै पनि वेला आवेदन दिन सकिन्छ भने यो भिसामा कुनै कोटा पनि लागु गरिएको छैन । तर अमेरिका आउन चाहेको मितिले एकबर्षदेखि ४५ दिनभित्र यो भिसाका लागि आवेदन दिनुपर्छ । यो भिसाका लागि स्पोन्सरले फर्म आई १२९ फर्म भरेर युएससीआईएसमा आवेदन दिन जरुरी छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

त्यस्तै कुनै कार्यक्रममा सहभागी हुनका लागि मोडलहरु पी थ्री भिसामा पनि अमेरिकामा आउनसक्छन् । त्यसका लागि कार्यक्रम आयोजकले युएससीआईएसमा फाइल गर्नुपर्छ । अन्य भिसाको तुलनामा पी थ्री भिसा पाउन केही सहज हुने भएपनि पी थ्री भिसाको अवधि पनि अलिक कम हुनेगर्छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

थप जानकारी आवश्यक परेमा तपाईले कानुन व्यवसायीलाई सम्पर्क गर्न सक्नुहुनेछ । अमेरिकामा रहेका नेपाली कानुन व्यवसायीलाई सम्पर्क गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →