प्रियंकालाई बेहुलीको रुपमा देख्दा रोए निक


प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार

प्रियंका चोपडाले निक जोनससँगको विवाहका तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । फोटोका साथै उनले क्रिश्चियन परम्परामा गरिएको विवाहको एउटा भिडियो पनि सेयर गरेकी छिन् । उक्त भिडियोमा निक प्रियंकालाई बेहुलीको रुपमा देखेर भावुक भएको देख्न सकिन्छ ।

प्रियंका बेहुलीको रुपमा सजिएर आफूतर्फ आउँदै गरेको देखेर निकको आँखा रसाउँछन् । आँसु गालासम्मै आइपुगेपछि उनले त्यसलाई पुच्छन् ।

प्रियंकाको ब्राइडल गाउन राल्फ लरेनले डिजाइन गरेका छन् । उनले क्रिश्चियन वेडिङमा हातले एम्ब्रोइडरी गरिएको गाउन लगाएकी छिन् । डिजाइनरका अनुसार उनको यो वेडिङ गाउनको एम्ब्रोइडरीमा एक हजार आठ सय २६ घण्टा लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com