आहा रारा गोल्ड कप खेल्न अमेरिकाबाट १८ जना खेलाड़ीहरु छनौट


प्रकाशित मिति : पुस ३, २०७३ आईतबार

-बिजय थापा

आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि डीसीमा छनौट प्रक्रिया सफलता पूर्वक संपन्न भएको छ l

डीसी क्षेत्रको भर्जिनियामा आज अमेरिकाको बिभिन्न राज्यहरुबाट आएका करीब ५० जना दोश्रो पुस्ता तथा नेपालमा राष्ट्रीय स्तरमा खेली सकेका खेलाड़ीहरु बिच भएको छनौट प्रकियामा छनौट प्रक्रिया समितिले अंतिम १८ जना खेलाड़ीलाई छनौट गरेको छ l

खेल समाप्त पछि रात्रि भोजनको आयोजना सँगै छनौट प्रक्रिया समितिले १८ जना उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीको घोषणा सबै खेलाड़ीहरुलाई एक दुई दिन भित्रमा सूचना दिने बताए l जोस तथा जांगर साथ खेल्न आएका सबै खेलाडीलाई यसपाली छनौट भएन भनेर निरास नहुन आग्रह गर्दै यस पाली नभए अर्को साल हुन्छ भन्ने सोच्न आग्रह गरेको छ l अहिल सबैलाई आ-आफ्नो ठाउँ जानू भन्दै उत्कृष्ट खेलाड़ीको छनौट हुने प्रतिबद्धता जाहिर गरेका छन l एएनए को नाम उच्च राख्न आग्रह गर्दै बिजयी हुन शुभकामना दिदै जितने गरि खेल्नु पर्ने मानसिकता राख्नु पर्ने मन्तब्य समेत राखेका थिए l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्णय छनौट प्रक्रिया समितिले अंतिम समयमा १८ जना खेलाड़ी बाहेक ६ जना अन्य अतिरिक्त खेलाड़ीहरुको पनि छनौट गरिने जानकारी दिएको छ l यसको अतिरिक्त कम्तिमा ३ जना ब्यवस्थापन समिति बाट पनि खेलाड़ीहरुलाई नेपाल लिएर जाने भएका छन l एएनए ,नेपाली अमेरिकन फूटबल (भकुण्डो )टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ l

आज बिहान छनौट प्रक्रिया खेल प्रारम्भ गर्नु अगाडी औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना मन्तब्य दिएका थिए l कार्यक्रमलाई सौजन्यता गर्ने बिशिष्ट ब्यक्ति ,खेलाड़ी ,कार्यक्रम संयोजन गर्ने अधिकारी ,छनौट प्रक्रियाका पदाधिकारी ,एएनए का पदाधिकारीले छोटो मन्तब्य राखेका थिए l

अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौशला तथा प्रोत्साहन दिन डीसी बासी नेपाली समुदायको उपस्थिति रहेको थियो l एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य राख्दै प्रक्रिया छनौट पूर्ण निष्पक्ष तथा खेलाड़ीको प्रदर्शन अनुसार छनौट हुने बताए l अधिकारीले संस्थाका सभापति शम्भू ढुंगाना तथा एएनएका शुभचिंतक अम्बिका अधिकारीको तर्फ बाट शुभकामना सन्देश सुनाएका थिए l उनले यस्ले नेपाल र अमेरिकाको खेलकूदको साथै खेलाडीहरुको समेत बिकास हुने बताए l

बिहान छनौट प्रकिया खेल अगाडी चंद्र लामा ,मुकुंद ढुंगाना ,उमेश प्रधान ,गौरी जोशी ,बिना खडका लामा ,मेदिनी अधिकारी ,बानाका पूर्व अध्यक्ष बिजय श्रेष्ठ लगायत अन्यले मन्तब्य राखेका थिए l

यो मौका निरंतर हुने हुँदा आगामी सबैले अवसर पाउने भएकोले खेलाड़ीलाई निरुत्साहित नहुन अनुरोध गरेका थिए l यो कार्यक्रमलाई संयोजन गरि रहेका चंद्र लामा तथा उनका सहयोगी हाथहरुलाई एएनए का पदाधिकारीले प्रशंसा गरेका थिए l एएनएन को यो बिशेष पहलले समाजमा राम्रो सन्देश पुगेको छ l सकारात्मक रुपमा समुदायले हेर्न थालेका छन l संस्था अझ मजबूत हुने छ भन्ने बिस्वास गरिएको छ l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com