चर्चित अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको फिल्म पाहुनाको पहिलो गीत सार्वजनिक
प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार
बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ुपाहुनाकोु पहिलो गीत सार्वजनिक भएको छ। उक्त फिल्मको गीत जिन्दगीलाई जी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। उक्त गितमा पीयूष नेपालको स्वर रहेको छ । भने गीतमा अर्जित दत्तको सङ्गीत रहेको छ ।
गीतमा शब्द पवन चामलिङ्ग ुकिरणुको रहेको छ। अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ । फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।