अष्ट्रेलियाको यस राज्यले दक्ष पेशाको सूचीबाट हटायो नर्स, इन्जिनियर लगायतका पेशा
प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार
अष्ट्रेलियाको पीआरको लागि सम्भावना राख्ने भनिएका पाँच पेशा दक्ष पेशाको सूचीबाट हटेका छन् । क्विन्सल्याण्ड स्किल्ड अकुपेसन लिस्टबाट ती पेशा हटेका हुन् । गत नोभेम्बर २२ मा सनसाइन राज्यले आफ्नो आधिकारिक माइग्रेसन वेबसाइटमा उक्त जानकारी दिएको हो ।
ती पेशाको लागि EOI को संख्या अत्यधिक पुगेकोले हटाइएको बताइएको छ । अधिकारिहरुका अनुसार सनसाइन स्टेटबाट यदि २२ नोभेम्बर २०१८ सम्ममा ती पाँच पेशाको लागि इन्भिटेसन नपाएकाहरुले अब इन्भिटेसन पाउने छैनन् । यदि इन्भिटेसन पाइसकेकाहरुले प्रक्रिया अगाडी नबढाएमा मात्र नयाँ इन्भिटेसन पाउने सम्भावना रहनेछ ।
सनसाइन स्टेटले हटाएका पाँच पेशा :
फाइनान्स म्यानेजर – १३२२११
रजिस्टर्ड नर्स (एज्ड केयर ) – २५४४१२
रजिस्टर्ड नर्स ( क्रिटिकल केयर एण्ड इमर्जेन्सी ) – २५४४१५
डेभलपर प्रोग्रामर – २६१३१२
सफ्टवेयर इन्जिनियर – २६१३१३






