‘चुनावसम्म सबै माओवादी एक हुन्छन्’


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित धाराका सबै माओवादी धाराहरु एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताउनु भएको छ । माओवादी केन्द्रको चार नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले बांकी रहेका माओवादी समूह पनि चुनावसम्ममा एकीकृत हुने विश्वास व्यक्त गर्नुृभएको हो ।

प्रशिक्षणमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘म विभिन्न माओवादी धाराका नेताहरुसँग निरन्तर अन्तरक्रियामा छु । सबै माओवादी धाराका माओवादीलाई एकतावद्ध गरेर मात्र लक्ष्यमा पुग्न सक्छौं । माओवादी एकताको रणनीतिक महत्व छ । हामीले त्यसका लागि गम्भीरतापूर्वक पहल लिन जरुरी छ । मैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु, तपाईहरुले पनि एकताको वातावरण बनाउन आफ्नो ठाउँबाट प्रयास गर्नुहोला ।’

सम्मेलनपश्चात् माओवादी केन्द्र व्यवस्थित रुपमा अघि जाने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, अहिले हाम्रो संगठन केही अस्तव्यस्त छ, हामीले अनिर्णयको बन्दी हुनुपर्ने परिस्थिति छिचोलेका छौं । अब सम्मेलनमार्फत् व्यवस्थित पार्टी निर्माणको प्रक्रिया सुरु गरिन्छ । वैचारिक स्पष्टता, योगदान, युवा—प्रौढ र पाकाहरुको सन्तुलन र समावेशितालाई मिलाएर पार्टीलाई व्यवस्थित गरिनेछ ।’

समसामयिक परिस्थितिबारे बोल्दै प्रचण्डले भन्नुभयो, ‘परिवर्तनका मुद्धाहरु उल्टाउन कोशिस गरिँदैछ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्धाहरुमाथि आक्रमण गर्न थालिएको छ । यी मुद्धा उल्टिँदा माओवादी आन्दोलनको औचित्य नै समाप्त हुन्छ । प्रतिपक्षीहरुले गरेको आन्दोलन जनतालाई घरपाई मिलाइदिने आन्दोलन होइन, यसको अन्तर्यमा परिवर्तन उल्टाउने नियत छ । यो परिवर्तनविरोधी आन्दोलन हो । हामी संविधान कार्यान्वयन गरेर परिवर्तनका मुद्धा संस्थागत गर्न चाहन्छौं, त्यसका लागि माओवादी एकता हाम्रो आधारभूत शर्त हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय सहमतिले मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताउँदै प्रचण्डले भन्नुभयो, ‘सरकार संविधान कार्यान्वयनका लागि प्रतिवद्ध छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको वातावरण बन्नैपर्छ । निर्वाचनको वातावरण बनाउन राष्ट्रिय एकता र संविधानको स्वीकार्यता बढाउनुको कुनै बिकल्प छैन । त्यसैले सरकार राष्ट्रिय सहमतिमै संविधान संशोधन, स्थानीय तहको निर्वाचनजस्ता महत्वपूर्ण मुद्धा टुंगाउन प्रयत्नशील छ ।’

प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले परिवर्तनका मुद्धा संस्थागत गर्न र माओवादी आन्दोलन पूनर्संगठित गर्न जनतामा जानुको बिकल्प नभएको भन्दै स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने गरी क्रियाशील हुन कार्यकर्तालाई अपील गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेताहरु देव गुरुङ, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य, हरिराज अधिकारी, महरा, जोखबहादुर हरि चुमान लगायत उपस्थित हुनुहुन्थ्यो । प्रशिक्षण कार्यक्रममा अवसरमा प्रचण्डले चार नम्वर प्रदेश अन्तर्गतका शहिद परिवारसँग समेत अन्तरक्रिया गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com