तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।

ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।

विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।

कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’

दोहा–काठमाडौ‌ उडानका क्रममा कातिक १६ गते दोहामा  विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com