अमेरिकामा घाइते १९ बर्षका समिर कोमामा, सहयोगको अपिल


प्रकाशित मिति : मंसिर ३०, २०७३ बिहीबार

 

अमेरिकामा कार दुर्घटनामा घाइते १९ बर्षका समिर गुरुङको सहयोगका लागि अभियान सुरु गरिएको छ । गत डिसेम्बर २ मा मेरिल्याण्डमा कार दुर्घटनामा परेका समिरको हाल कोमामा उपचार भइरहेको छ ।

पढाईलाई भन्दा धेरै आफ्नो ७ महिने छोरा र श्रीमतीका लागि कामलाई समय दिनेक्रममा राति करिव १२ बजे कामबाट घर फर्कने क्रममा घाइते समिर दुई हप्तदेखि अचेत अवस्थामा छन् । १० बर्षको उमेरमा आमा गुमाएका समिरको सहयोगका लागि आर्थिक अभियान चलाइएको छ ।

समिरलाई गोफण्डमीमार्फत आर्थिक सहयोग गर्न सकिनेछ । गोफण्डमा यो समाचार तयार पार्दासम्म झण्डै साढे ६ हजार अमेरिकी डलर संकलन भएको छ ।

सन् २०१२ मा अमेरिकामा आएका समिरले कल्पनासँग विहे गरेका थिए । अहिले उनीहरुको ७ महिनाको बच्चा रहेको छ । समय नपुगी जन्मिएको बच्चालाई हालैमात्र अस्पतालले डिस्चार्ज गरेको थियो ।

समिरलाई गोफण्डमार्फत सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com