राष्ट्रघाती कलंकको टीका लगाउने कि नेपाल बचाउने ?


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

-न्हुच्छेनारायण डंगोल

नेपालमा राष्ट्रवादी आन्दोलन चलिरहेको छ । प्रदेश टुक्र्याएर तराई छुट्याउने र अन्त्यमा भारतमा विलय गराउने भारतीय षडयन्त्रको गोटी बनेका प्रचण्ड र देउवाका कारण नेपाल इतिहासकै कठिन मोडमा पुगेको छ । दोस्रो संविधान संशोधनका लागि संसद्मा ल्याएइको विधेयक पूर्ण त राष्ट्रघाती र जनघाती छ । यो विधेयक पारित भए भविष्यमा भारतले सहजै नेपालको लुम्बिनीलगायतको तराई खानेछ । त्यही भएर यतिखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वमा अहिले नेपालमा आन्दोलन सुरु भएको छ । आन्दोलनमा अपार जनताको सहभागिता छ ।

नेपालमा भारतको ईशारामा बनेको प्रचण्ड नेतृत्वको माओवादी—काँग्रेस गठबन्धन सरकारले संविधान संशोधन गरी नेपाललाई भारतको गुलाम बनाउने षडयन्त्र गरिहेकोमा त्यसकाविरुद्ध राष्ट्रवादी अडानका साथ उभिएको एमालेको अडानलाई साथ दिई सहयोग र समर्थन गर्नु आम नेपालीको कर्तव्य हो । देशै बनेन भने भोलि हाम्रो हालत के होला ? गम्भीर बन्न जरुरी छ ।

नेपाल बचाउन संविधान संशोधन होइन यसको सही कार्यान्वयन अहिलेको आवश्यक हो भन्दै नेकपा एमालेले उठाएको कदम सही छ । यही कदमबाटमात्र नेपाल जोगिनसक्छ । मधेसी जनताको होइन कि मधेसवादी केही दलको मागका नाममा भारतको ईशारामा संविधान संशोधन गर्ने जुन चारबुँदे संशोधन विधेयक विना सहमति रातारात मन्त्रिपरिषद्बाट पास गराई माओवादी—काँग्रेस गठबन्धन सरकारले संसद्मा पेश गरेको छ । त्यो सरासर राष्ट्रघाती र जनघाती छ । सो प्रस्तावका आधारमा संविधान संशोधन गर्ने हो भने भोलि नेपाल भुटानीकरण हुँदै सिक्मिम र फिजी बन्नेछ । पाँच नम्बर प्रदेशलाई टुक्र्याएर पहाड र तराई छुट्याउने जुन काम गर्दैछ यो तराई खाने,लुम्बिनीलाई आफ्नो बनाउने भारतको ७० वर्षदेखिको षडयन्त्रलाई साथ दिने प्रचण्ड—देउवाको आत्मसमर्पणवादी कुकार्य बाहेक अरु केही होइन । यस्तो राष्ट्रघाती कदमविरुद्ध एमालेले जिम्मेवार प्रतिपक्षी दलका हैसियतले जुन अडान लिएको छ यो साह्रै नै सकारात्मक र प्रशंसनीय छ । यसमा सबैको सहयोग र साथ आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पाँच नम्बर प्रदेश पूरै आन्दोलित छ । एमालेले संसद् र सडक दुवै ठाउँबाट आन्दोलन चर्काएको छ । संशोधन प्रस्तावका विरुद्ध सिंगो नेपाल एकजुट हुँदैछ । सबै राष्ट्रवादी नेपालीहरु मिलेर यो प्रस्ताव अस्वीकार गर्दै संसद्बाट असफल बनाउनुपर्छ र यसमा एमालेलाई पूर्ण रुपले साथ दिनुपर्छ ।

भारतीय षडयन्त्रका कारण अत्यन्तै जोखिमपूर्ण मोडमा पुगेको नेपाललाई बचाउन नेपालका सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने र राष्ट्रवादी आम नेपाली जनताले पनि एकजुट भई तराई मधेसका माग सम्बोधन गर्ने नाममा संविधान संशोधन गरी देश टुक्र्याउने,विभाजन गर्ने जस्ता षडयन्त्रमूलक कार्य रोक्न खबरदारी गर्नुपर्ने बेला आएको र यस कार्यमा सञ्चार जगत्ले पनि सकारात्मक भूमिका खेल्नुपर्छ । तर दुःखका कुरा केही मिडियाले भारतको जुठोपुरो खाएर भारतको भजनकीर्तन गरिरहेका छन् । उनीहरुले आफ्नो खुट्टामा आफै बञ्चरो हान्दै छन् ।

वीर नेपाली पूर्खाहरुको बलिदानीपूर्ण संघर्ष,त्याग र बहादुरीकै कारण नेपाल कहिल्यै कसैको पराधिन भएन, कसैको गुलामी स्वीकार गरेन । हिन्दु धर्म र राजसंस्थाकै कारण नेपाल एकीकृत,शान्त र सुन्दर थियो । सबै मिलेर बसेका थिए । तर यी दुई संस्थालाई षडयन्त्रपूर्ण ढंगले हटाएपछि आज नेपाल अभिभावकविहीन बन्दै ऐतिहासिक संकटमा फसेको छ । यस्तो बेला यो मुलुक बचाउन नेपालीहरु एकजुट हुनेको विकल्प छैन ।

नेपाल र नेपाली जनताको भावनाविपरीत अहिले ल्याइएको संविधान संशोधन प्रस्तावलाई विफल पार्दै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गराउन जनमत संग्रहमा जान दवाव सिर्जना गर्न गर्नु आवश्यक छ । त्यसका लागि अहिले नेपालमा सुरु भएको यो राष्ट्रवादी आन्दोलनलाई सफल बनाउनु आजको पहिलो आवश्यकता हो ।

विडम्बनाको कुरा,देशको प्रमुख पार्टी,हिजो त्यति ठूलो इतिहास बोकेर आएको पार्टी नेपाली काँग्रेस आज मुलुकलाई सही नेतृत्व दिनुको सट्टा नेपाललाई तहसनहस पार्न भारतले पालेर हुर्काएको,१७ हजारभन्दा बढी निर्दोष नेपालीको हत्या गरेको, अर्बौ सम्पत्ति लुटेको र अर्वौको भौतिक संरचना तहसनहस पारेको जनहत्यारा पार्टी जसलाई हेग पुर्याउनुपर्नेमा उसैलाई बोकेर,उसैको नेतृत्वमा सरकार बनाई उसको पुच्छर बनेर देशको विखण्डन गर्न मतियार बन्दै छ । भारतले नेपाल खान हिजो देखि नै खोजेको हो । त्यही भएर त्यसको विरोध गर्दै निर्वासित जीवन विताइरहेको काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतले ज्यानको बाजी लगाएर स्वदेश फर्केर नेपाल जोगाएको इतिहासलाई अहिले देउवाले विर्सदै छन् । राष्ट्रियताकै लागि कम्युनिष्ट नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीहरुले संघर्ष गरे ।

राष्ट्रियताको अडान लिएकै कारण एमालेका महासचिव मदन भण्डारीको हत्या भयो भने राजा वीरेन्द्रको वंश नै विनास गरियो । यो कुरालाई विर्सेर प्रचण्डहरु किन आज राष्ट्रघात गर्दै कलंकको टीका लगाउने सुरसार गर्दै छन् ? देउवा—प्रचण्डले अहिले संविधान संशोधन गर्ने नाममा जे गल्ती गर्दै छन् उनीहरुलाई इतिहासले माफी दिने छैन । यदि उनीहरु नेपाली जनताका नेता हुन चाहेका छन् ,यो देशलाई बचाउन चाहन्छन् भने संविधान संशोधनका नाममा गर्न लागेको गल्ती सच्याएर संशोधन प्रस्ताव फिर्ता लिई संविधानको कार्यान्वयनमा लाग्नुपर्छ । होइन भारतकै इशारामा संविधान संशोधन गराएर नेपाल टुक्र्याउन चाहेका हुन् भने अब राष्ट्रवादी नेपालीहरु सबै एकजुट भएर यस्ता राष्ट्रघाती नेताहरुलाई कारबाही गर्नुपर्छ र नेपाल बचाउनुपर्छ । यसमा एकीकृत भएको राप्रपालेमात्र होइन तराईका राष्ट्रवादी नेपालीहरुले पनि साथ दिनुपर्छ ।

अहिलेको संविधान संशोधन प्रस्ताव भारतकै इसारामा ल्याइएको हो । अहिले भारतीय राजदूत रञ्जित रेले कूटनीतिक मर्यादा मिचेर संविधान संशोधन प्रस्ताव पारित गराउन दलहरुलाई दबाव दिँदै छन् । उनले मधेसवादी दलहरुका नेताहरुलाई बोलाएर भोज खुवाएर संविधान संशोधन प्रस्ताव पास गराउन निर्देशन दिएका छन् । उनीहरुले राजदूतको निर्देशन नमान्ने कुरै भएन । अहिले राप्रपा संविधान संशोधनको पक्ष वा विपक्षमा केही बोलेको छैन । एकीकृत भएपछि ३७ सिटको निर्णायक शक्ति बनेको यसका नेताहरुलाई भारतले विभिन्न प्रलोभन, दवाव र धम्कीसमेत दिएको छ । यदि राप्रपा वास्तवमै राष्ट्रवादी शक्ति हो भने कुनै पनि हालतमा यो संविधान संशोधन विधेयकको पक्षमा उभिनु हुँदैन । एमालेको अभियानमा साथ दिएर यसलाई असफल पार्नुपर्छ ।

अतः अहिले नेपालका दलहरु अग्निपरीक्षाको अवस्थामा छन् । नेपाललाई माया गर्ने, सच्चा राष्ट्रवादी पार्टीहरु कुन कुन हुन् र कुन कुन पार्टीहरु र तिनका नेताहरु राष्ट्रघाती र भारतीय दलाल हुन् भनेर चिन्ने र छुट्याउने बेला आएको छ । नेपाललाई तहसनहस पर्ने अहिलेको गम्भीर षडयन्त्रलाई विफल पार्न सम्पूर्ण नेपाली एकजुट भई कडा दबाब दिनुपर्छ र राष्ट्रघाती नेताहरुलाई सामाजिक वहिष्कार गर्दै अदालतको कठघरामा उभ्याउनुपर्छ । यदि अहिले नेपालीहरु चुके र भारतसामु झुके भने नेपालको कहिल्यै भलो हुने छैन , भारतले नेपाललाई गुलाम बनाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com