कास्की कारागारका कैदीबन्दीका लागि माछापुच्छ्रे बैंकद्वारा युरोगार्ड र ट्याङकी सहयोग


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

माछापुच्छ्रे बैंकले कास्की कारागारका कैदीबन्दीका लागि युरोगार्ड र पानी ट्याङकी सहयोग गरेको छ ।

बैंकले बिहिबार एक समारोहका बिच कास्की कारागारका कैदीबन्दीहरुको लागि एक थान युरोगार्ड तथा एक/एक हजार लिटर क्षमताका दुई थान पानी ट्याङकी हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कास्की कारागारका कैदीबन्दीलाई शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने हेतुले यूरोगार्ड सहित पानी ट्याङकी सहयोग गरेको माछापुच्छ्रे बैंकका पोखरा शाखा प्रमुख नारायण केसीले बताए ।

कारागारमा आयोजित उक्त समारोहमा बैंकका गण्डकी प्रदेशका प्रमुख जयप्रसाद सापकोटा, पोखरा शाखा प्रमुख केसी सहितको टोलीले कास्की कारागारका प्रमुख गणेश गौतम र कारागारका चौकिदार लक्ष्यु गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समारोहमा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमुख सापकोटाले बैंकले आफ्नो क्षमता अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै असहाय, विपन्न बर्गका व्यक्ति, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सहयोग गरिरहेको बताए । पोखरामा २०५७ सालमा स्थापना भएर सेवा सुभारम्भ गरेको बैंकका हाल देशभर ८६ वटा शाखा तथा १ सय ३ वटा एटिएम मेसिन संचालनमा रहेको सापकोटाले जनाए ।

कास्की कारागार प्रमुख गणेश गौतमले सरकार गरिब भएको कारणले गर्दा कैदीवन्दीहरुलाई न्यूनतम सेवा सुविधा दिन नसकेको गुनासो गरे । केहि समय मानसिक सन्तुलन कायम गर्न नसक्दा उनीहरुले कैदीबन्दीको जीवन व्यतित गर्नुपरेको उल्लेख गर्दै गौतमले उनीहरुलाई मानबिय व्यवहार देखाउदै कम्तिमा न्युनतम आवश्यकताहरु पुरा गर्नेतर्फ लाग्नुपर्ने बताए । गौतमका अनुसार कास्की कारागारमा हाल ५४ जना महिला सहित ७ सय ३७ जना कैदीबन्दी रहेका छन् ।

कारागारका चौकिदार लक्ष्यु गुरुङले बैंकले कैदीबन्दीका लागी सहयोग गरेकोमा धन्यवाद दिदै कारागारमा यावत समस्याहरु रहेपनि कारागार प्रमुख तथा सुरक्षा प्रमुखहरुले आफुहरुलाई राम्रो व्यवहार गरेको बताए । आफुहरु परिस्थितिले कैदीबन्दी हुनु परेको बताउदै कास्की कारागार लगायत देशका अन्य कारागारमा पनि बैंक तथा संघ सस्थालाइ सहयोग गर्न आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com