लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।

अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताउनुभयो ।

विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समूद्रमा जीबित रहनसक्ने सम्भावना नरहेकोले मृतकको खोजी कार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताउनुभयो ।

“उद्धारका क्रममा मृतकका शरिरका विभिन्न १९६ नमूनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरिर पहिचान भै अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,”उहाँले थप्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार शुरू गरेको र जिम्मेवारी अनुसार काम गरेको जानकाी गराउन चाहन्छौैँ । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरिरको खोजी रोक्ने निर्णय गरेका छौँ ।”

मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ । इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्लाक बक्स रडाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com