आर्थिक बर्ष २०१८ मा अमेरिकी अदालतबाट ४७० नेपालीलाई शरण, नपाउने कति ?


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आर्थिक बर्ष २०१८ मा अमेरिकी अदालतबाट एसाइलम पाउने नेपालीहको विवरण सार्वजनिक गरेको छ । ईओआईआरका अनुशार आर्थिक बर्ष २०१८ मा ४७० जना नेपालीहरुले अमेरिकी अदालतबाट एसाइलम पाएका छन् ।

कुल एसाइलमका फैसलामध्ये ६० दशमलव ६५ प्रतिशत एसाइलम स्वीकृत गरिएको छ । यही अवधिमा १४६ जना नेपालीका एसाइलम आवेदन अदालतबाट अस्वीकृत गरिएको छ । कुल एसाइलमका फैसलामध्ये अस्वीकृत दर १८ दशमलव ८४ प्रतिशत रहेको छ ।

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने सातौं नम्बरमा नेपाली

नेपालीका १३० आवेदनबारे भने अन्य प्रकारको फैसला लिइएको जनाइएको छ । उनीहरु एसाइलम त्याग्ने, आवेदन फिर्ता लिने, देशनिकाला स्थगित गर्ने लगायतका निर्णय पाउनेहरु हुन् । कुल एसाइलममा फैसलामध्ये यो श्रेणीमा पर्ने नेपालीहरु १६ दशमलव ७७ प्रतिशत छन् ।

त्यस्तै आर्थिक बर्ष २०१८ मा २९ जना नेपालीहरुका एसाइलमका केसहरु प्रशासनिक रुपमा बन्द गरिएको छ । जुन कुल फैसलाको ३ दशमलव ७४ प्रतिशत हो । आर्थिक बर्ष सन् २०१८ मा अमेरिकी अदालतबाट नेपालीका ७७५ एसाइलमका आवेदनबारे निर्णय लिइएको छ ।

अमेरिकी अदालतबाट नेपालीले भन्दा धेरै एसायलम पाउनेहरु सन् २०१८ मा पनि चीन, एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस, भारत र मेक्सिकोका नागरिकहरु रहेका छन् । नेपालीहरु सातौं नम्बरमा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com