बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले आफ्नो ट्विटर अकाउन्टमार्फत ट्विट गर्दै यस्तो लेखेकी हुन्।
‘पर्खाइमा रहेको नेपाली फिल्म पासवर्डको एक गीतमा अभिनयको मौका पाएकोमा म अन्यन्तै खुसी छु,’ उनले लेखेकी छन्, ‘जुन एबी इन्टरनेसनल र अड्बल पिक्सचर्सद्वारा उत्पादित छ।’
https://twitter.com/SunnyLeone
विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र एक र्यापरको आवाजमा उक्त गीत तयार हुनेछ। जुन गीतमा सन्नी लियोनीसहित नेपाली कलाकारहरुले नृत्य गर्नेछन् ।
करिब ९८ प्रतिशत छायांकन लण्डनमा गरिने भनिएको फिल्म ‘पासवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा पर्दामा देखिनेछिन्। फिल्ममा अनुपविक्रम शाही, रवीन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्की जोशी लगायतको अभिनय रहनेछ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।