ट्रम्प र क्लिन्टनमध्ये कसको चुनावी खर्च बढी?


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

गत ८ नोभेम्बरमा सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा डोनाल्ड ट्रम्प विजयी भए पनि चुनावी खर्चको मामिलामा भने ट्रम्पलाई डेमोक्र्याटिक पार्टीकी प्रत्यासी उम्मेदवार हिलारी क्लिन्टनले उछिनेकी छन्। चुनावी प्रचार, प्रसार अभियानसहित निर्वाचनसम्बन्धी खर्च विवरणको प्रतिवेदन बिहीबार निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएको छ।

आयोगलाई बुझाइएको पछिल्लो प्रतिवेदनअनुसार २० अक्टोबरदेखि २८ नोभेम्बरका दिनसम्म भएका आयव्यय विवरणमा हिलारी क्लिन्टनको तुलनामा डोनाल्ड ट्रम्पको खर्च निकै कम रहेको खुलासा भएको हो। निर्वाचनको दिनसम्म हिलारी क्लिन्टनले लगभग १३ करोड २० लाख अमेरिकी डलर खर्च गरेकी थिइन् भने डोनाल्ड ट्रम्पको खर्च करिब ९ करोड ४० लाख अमेरिकी डलर मात्र रहेको देखिएको छ।

त्यसैगरी, राष्ट्रपतीय निर्वाचनका लागि प्राथमिक प्रक्रिया र मतदान सम्बन्धी खास चहलपहल शुरु भएदेखि अन्तिम समयसम्ममा विभिन्न साङगीतिक तथा मनोरन्जनात्मक र चन्दा सङकलन कार्यक्रमहरु सञ्चालन गरी क्लिन्टनका प्रचारप्रसार अभियानले कूल ५८ करोड १० लाख अमेरिकी डलर बटुलेका थिए। ट्रम्पका ‍अभियानमा चाहिँ ३४ करोड अमेरिकी डलर बटुलेकामा ६ करोड ६० लाख अमेरिकी उनी आफैँले व्यक्तिगत रुपमा खर्च गरेका थिए।

निकै तामझामका साथ साङगीतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरी क्लिन्टनको प्रचार,प्रसार अभियान लामो समयसम्म चलेको र पैसा पनि बढी उठेको थियो। ट्रम्पले निर्वाचन आयव्ययको हिसाबकिताब कम्युटर प्रणालीमा राख्न एकजना लेखा निर्देशक (डिजिटल डाइरेक्टर) मा ब्राड पास्केललाई नियुक्त गरी के केमा कति कति खर्च गर्ने हो सबै निर्णय लिन जिम्मेवारी समेत सुम्पिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिजिटल डाइरेक्टर ब्राडले मिसिगन, विस्कन्सिन, पेनसिल्भानिया, फ्लोरिडा जस्ता क्लिन्टनका प्रभावक्षेत्रमा मतदान हुनु अघिका अन्तिम दिनहरुमा ट्रम्पको प्रचार, प्रसार र विज्ञापन अभियानहरुलाई तीव्रता दिन प्रचार रणनीतिमा परिवर्तन गरी गेट–आउट–द–भोट नामक शीघ्र टेलिभिजन कार्यक्रम सन्चालन, प्रायोजन गर्दा थप ५० लाख अमेरिकी डलर खर्च भएको र यस शीघ्र कार्यक्रमले ट्रम्पको पक्षमा राम्रै परिणाम ल्याएको बताए।

राष्ट्रपतीय निर्वाचनपूर्व अर्थात् नोभेम्बर ८ देखि २८ सम्म बटुलिएका चन्दा र साङ्गीतक कार्यक्रमहरुबाट उठेका करोडौं डलरका रकमबाट अझै पनि खर्च धानिदैँ आएको बताइएको छ। लाखौं डलर त स्वयंसेवक तथा कार्यकर्ताहरुको चिया नास्ता, पार्टी चिन्ह परिचायक झण्डा, ह्याट, कार्यकर्ता तथा मन्च, पण्डाल सजावटका सामाग्री जस्ता झिनामसिना खर्च र सरसामान खरिदमै सकिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com