‘जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन’


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् ।

किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावि सन्ततीलाई पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए ।

उनले संसारभरीका राईहरुको छाता संगठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

किराँत राई यायोख्खा युकेकी सभापति कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा किरात राई यायोख्खाका अन्य शाखाका अध्यक्षहरुले पनि सभापति राईलाई खादा तथा फूलमालाले स्वागत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा किराँत राई यायोख्खाकी सभापति कल्पना राईले युकेमा रहेका राईहरु तथा त्यहाँको गतिबिधिका बारेमा आफ्ना भनाई राखेकी थिइन् ।

सोहि अवसरमा सभापति विष्णु राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं आगामी कार्यकाल सफलताको कामना गरेका थिए । उनले युकेको भ्रमणका क्रममा विभिन्न क्षेत्रमा रहेका क्षेत्रिय समितिका पदाधिकारीहरुसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रदेश नं १ किराँत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । जसमा केन्द्रीय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुले पनि त्यस विषयमा सरोकार राखेका थिए ।

सभापति राईले आउदो वर्षको साकेला २०१९ का लागि युकेका क्षेत्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सभापति कल्पना राईलाई साकेलाको निमन्त्रणा समेत दिदैं अन्य देशका संस्थाका साथीहरुलाई पनि निमन्त्रण दिने बताएका थिए ।

कार्यक्रमकी संचालिका तथा संस्थाकी महासचिव श्रीमती चन्द्रावती राईले यु्नाइटेड किराँतराई अर्गनाइजेशन अमेरिका र किराँत यायोख्खा युकेको विचमा एकआपसमा अनुभव साटसाट गरिनुका साथै सहकार्य गरेर अघि बढ्ने छलफल भएको बताइएकी छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com