जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरुले आफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए।

हजारौ तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको समाचारमा जनाइएको छ।
“जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित छ जना प्रहरी अधिकारीहरु मारिएका छन्,” प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए।

उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे। यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालिगका अनुसार लडाकूहरुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटनाहरु थप बढ्दै गएका छन्।

अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ। अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com