डिभी लोटरी भर्ने म्याद सकिदै , अन्तिमसम्म नकुर्न सुझाव


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

अक्टोबर ३ तारिख बुधबार पौने १० बजेदेखि डिभी सन् २०२० का लागि लोटरी खुलेको छ । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका लागि आवेदन दिन अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

डिभी लोटरी अक्टोबर ३ देखि, जान्नैपनेै नियम र दर्जन प्रश्नोत्तर

साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।

डिभी लोटरी भर्न र रिजल्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट भने मे ७ २०१९ बाट आउन थाल्नेछ । अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएरमात्र डिभी लोटरी भर्न र रिजल्ट चेक गर्न सकिन्छ । डिभी लोटरी भर्नका लागि अमेरिकी सरकारलाई कुनै शुल्क बुझाउनु पर्दैन ।

डिभी लोटरीका लागि योग्य हुने मापदण्डहरुमा गतबर्षको तुलनामा यो बर्ष कुनै परिवर्तन गरिएको छैन । बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमी चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामका नागरिकहरु यसबर्ष डिभी लोटरीका लागि आवेदन दिन योग्य हुनेछैनन् । किनभने ती देशहरुबाट विगत ५ बर्षमा ५० हजारभन्दा धेरै नागरिकहरु अमेरिकामा स्थायी बसोबासका रुपमा आइसकेका छन् ।

हाइस्कुलको शिक्षा नभएपनि डिभी भर्न सकिने, यस्ता छन् डिभीका लागि योग्य पेशा

अमेरिकामा बस्ने नेपालीले पनि डिभी लोटरी भर्न पाउने, विद्यार्थीहरुले फाइदा लिनसक्ने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com