विहीवार सबै पर्यटकलाई खानामा विशेष छुट,एयरपोर्टमै कुपन


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोदेखि अन्तिम उडानबाट आउने विदेशी पर्यटकलाई विमानस्थलस्थित काउन्टरबाट खानामा २० प्रतिशत छुटको कुपन वितरण गरिने छ ।

त्यसैगरी पहिलो उडानबाट आउने पहिलो तीनजनालाई विशेष सम्मान गरिने हानले जनाएको छ । उक्त कुपन सेप्टेम्बर २८ र २९ सम्म उपयोग गर्न सकिनेछ भने देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानको भनाइ छ । पर्यटकले धेरै अगाडिदेखि नै होटल बुकिङ गरेर आउने भएका कारण यस्तो सुविधा खानामा मात्र दिइएको हो ।

“विदेशी पाहुनालाई नेपालप्रति थप आकर्षित गराउन र उनीहरूको बसाइ सुखद बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हो,” हानले जारी गरेको विज्ञप्तिमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com