हिमालय रोडिजकी सुजनालाई मोटी भएकै कारण छोडे प्रेमीले, अहिले दुब्लाएर भइन् यस्ती


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

नेपालका मानिसको रुप, रंग, आकारलाई लिएर जिस्काउने होच्याउने प्रचलन छ । रियालिटी शो हिमालय रोडिजमा आउँदा सुजना श्रेष्ठ पनि त्यसको शिकार भएकी थिइन् । अहिले भने उनलाई देख्नेहरुले चिन्दैनन् ।

सुजना हिमालय रोडिजमा आउँदा सबैले ‘मोटी’ भनेर जिस्काउने, होच्याउने गर्थे । उनलाई भने आफ्नो शरीरप्रति गुनासो थिएन । तर जब हिमालय रोडिज स्क्रिनमा हेरिरहन थालिन्, उनलाई आफू साँच्चै नै मोटी भएको महसुस भयो । त्यसपछि उनले जिम गर्ने र शरीर घटाउने निधो गरिन् । त्यो निर्णय गरेर आफ्नो तौल हेर्दा उनी त्यतिबेला १ सय १ किलोग्राम थिइन् । सुजनाले जिम गर्न लागेको, डाइटलाई ध्यान दिएको करिब ६ महिना भयो । अहिले उनको तौल ६५ किलोग्राम छ । उनी आफ्नो शरीर अझ फिट बनाउनको लागि लागिपरिरहेकी छिन्, जसले गर्दा उनी धेरैको लागि प्रेरणा बनेकी छिन् ।

सुजना कलेजका सुरुवाती दिनमा पनि मोटी थिइन् । उनका अनुसार, उनी त्यतिबेला ८० किलो भन्दा माथी थिइन् । मोटी भएकै कारण उनका प्रेमीले उनीसंग सम्बन्ध तोडेका थिए । त्यही झोंकमा उनले खाना खान छोडेर आफ्नो शरीरको तौल घटाईन् । तर खाना खान थालेपछि फेरी तौल बढेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com