एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी


प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार

तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मंसिरदेखि सुरु भएको हो ।

अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्ग लगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ । ब्यूरोले हालसम्म विभिन्न बैँकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोले पछिल्लो दुई महिनामा ६ जनालाई पक्राउ गरेकामा सबै आपराधिक पृष्ठभूमिका रहेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

कात्तिक ११ गते ठमेलबाट पक्राउ परेका बुल्गेरियाली नागरिक डिमो एटानोशोभ स्टेफानो बुल्गेरियामा नै चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका थिए । यस्तै कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् । सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् । ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल बैँकिङ कसुरसम्बन्धी कानुन नेपालमा कमजोर भएकाले यस्तो घटना मौलाउँदै गएको बताउछन । उनी भन्छन, ‘अरु मुलुकमा पाँचदेखि सात मिनेटभन्दा बढी एटिएम कार्डभित्र अल्मलिए बैँकले निगरानी गर्छ तर नेपालमा निगरानी नहुँदा यस्ता घटना बढ्दै गएका हुन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नेपालको एटिएम संरचना कमजोर र बैँकले बेवास्ता गरेका कारण रकम चोरी हुने गरेको बताए । त्यस्ता व्यक्तिबाट नेपाली, यूरो, अमेरिकन, फिलिपिनोलगायत रु एक करोड भन्दा बढी रकम बरामद गरिएको ब्यूरोले जनाएको छ । ती व्यक्तिबाट विभिन्न कम्पनीको ल्यापटप, मोबाइल फोन, पेनड्राइभ समेत फेला पारेको छ । नेपाली बैँकका खातावालाको रकम नेपाल र भारतका एटिएम बुथबाट मात्र निकाल्न सकिने हुनाले नेपाली बैँकका खातावालको डाटा चोरी गरी नेपालबाटै रकम निकाल्न सकिने हुँदा उक्त समूह नेपालमा सक्रिय रहेको ब्यूरोले जनाएको छ । पक्राउ गरिएका अभियुक्तलाई बैँकिङ कसुर ऐन २०६४ बमोजिम कारबाही गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com