प्रचण्डलाई नोबेल शान्ति पुरस्कार !


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिदिन प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रका ‘पूर्वमाओवादी’ नेताहरूले आग्रह गरेका छन् ।

शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियाका सबै चरण पार गरी आम निर्वाचनसहित संघीय संरचनाको नेपाल निर्माणमा उनको भुमिकालाई नजरअन्दाज नगरी उक्त पुरस्कारका लागि सिफारिस गरिदिन आग्रह गरिएको हो । तर यो आग्रहको ओली खेमालगायत अन्य नेताले पनि विरोध गरेका छन् ।

अमेरिकाले आतंककारी सूचीमा लामो समय राखेर केही समयअघि मात्र उनको नामको वारेन्ट हटाइएको थियो । ‘यस्तो अवस्थामा नोबेल शान्ति पुरस्कारका निम्ति सिफारिस गरिनु सरकारकै बेइज्जत हुन्छ’, उच्च स्रोतले भन्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओली शनिबार संयुक्त राष्ट्र संघको महासभामा जानुअघि नेकपाका नेताहरूको यस्तो आग्रहलाई उनले छलफलका रूपमा अघि बढाउलान् त रु भन्ने संशय सामाजिक सञ्जालसम्म चलेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले मिलाउनुपर्ने कतिपय युद्धकालका घटनामा समाधान भइनसकेको अवस्था, सर्वोच्च अदालतले दोषी गरेकालाई स्वच्छ छविको भनेर रिहाई दिएको विषयमा विवाद भइरहेका बेला प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न नहुने तर्क र व्यंग्य धेरैतिरबाट आउन थालेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com