सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो


प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स स्थान अम्बाथानमा पहाड खन्दा ढुंगामा मिसिएको पहेँलो पदार्थ फेला परेको छ । स्थानीयले सो पदार्थलाई सुन हुन सक्ने आशंका गरेका छन् । हेडवक्र्सको काममा रहेका इटालियनले पहेँलो कण मिसिएको ढुंगालाई लुकाएर धमाधम झोलामा हाल्न थालेपछि विषय बाहिर आएको हो । इटालियन कामदारले पहेँलो रंगका ढुंगा झोलामा हालेपछि स्थानीयले सुन भेटिएको हल्ला चलाएका थिए । सुन भएको पहाड खन्न पाइँदैन भन्दै अम्बाथानवासी हेडवक्र्स स्थानमा पुगेपछि खानेपानीको हेडवक्र्स साइटको काम रोकिएको छ ।

त्यस्तो पहेँलो पदार्थ अम्बाथानवरिपरि धेरै ठाउँमा पाइने गरेको स्थानीयले बताए । सुनजस्तै पहेँलो पदार्थ फेलापरेपछि हेडवक्र्सको पहाड खन्ने काम शुक्रबारदेखि बन्द भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

स्थानीयको एक समूहले सुनको पहाड नखन्न भनेपछि खानेपानी आयोजनाले सो स्थानमा काम बन्द गरेको मेलम्ची खानेपानी बोर्डका इन्जिनियर लक्ष्मण रायमाझीले जानकारी दिए । ‘स्थानीयले दबाब दिन थालेपछि हेडवक्र्सको पहाड खन्ने काम रोकेका छौँ,’ उनले भने । पहेँलो पदार्थ मिश्रित ढुंगा परीक्षणका लागि काठमाडौं ल्याइसकेको उनले बताए । परीक्षणको लागि ढुंगाको स्याम्पल खानी तथा भूगर्भ विभागमा पठाउन लागेको उनले जनाए ।

सुन हो वा अन्य धातु हो भन्ने पत्ता लाग्न आइतबारसम्म कुर्नुपर्ने उनले प्रस्ट्याए । ‘हेडवक्र्समा कुनै उपकरण नभएकोले हामीले केही भन्न सकेनौँ,’ उनले भने, ‘तर, हाम्रो विचारमा त्यो पदार्थ सुन नहुन सक्छ ।’ ढुंगामा बालुवाको लेयर फेला परेको हेडवक्र्समा कार्यरत इन्जिनियरको बुझाइ छ । हेडवक्र्स साइटमा सुरक्षा व्यवस्था कडा पारिएको मेलम्ची खानेपानी आयोजनाको सुरक्षा विभाग हेरिरहेका भूपू डिएसपी होमजंग चौहानले जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com