एमालेकै सहमतिमा संशोधन आएको हाे : देउवा


प्रकाशित मिति : मंसिर १७, २०७३ शुक्रबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा एमाले सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ अाैं जिल्ला अधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै उनले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि नै पुनः संविधान संशोधन गर्ने प्रस्तावमा मधेसवादी दल तथा अन्य आदिवासी जनजातिलगायतका क्षेत्रबाट अडान दोहोरिएपछि एमालेसँग संशोधनको सहमति बनेको दाबी गरे ।

सभापति देउवाले आफैँले बनाएको संविधानका विषयमा उब्जिएका तिक्ततालाई मिलेर समाधान गराउनै पर्ने बाध्यात्मक अवस्था रहेको दोहोर्‍याए । संविधानमा व्यवस्था भएअनुसार तोकिएकै समयमा तीनवटा निर्वाचन गर्न नसके संविधानको औचित्य समाप्त भई देश असफल हुने अवस्थाबाट जोगाउन पनि सवै राजनीतिक दल एकठाउँमा नउभिई सुखै नभएको उनको भनाइ थियो ।

सोही अवसरमा सभापति देउवाले प्याब्सनमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठ तथा भरत श्रेष्ठ, निरज नेपाल ,बाबुराम पोख्रेल, राजेश श्रेष्ठ र चरीबा भनेर चिनिएका जीवनाथ पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा नेताहरू फरमुल्ला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की मीनकुमार विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, सांसद रेवतीरमण भण्डारीलगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच सभापति देउवालाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर १ ले धरान क्षेत्रको समग्र विकाससँगै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।आदिवासी जनजातिको सघन बसोवास रहेको पर्यटकीय क्षेत्र भएकाले यस उपमहानगरपालिकाभित्र प्रान्तीय राजधानी बनाउन प्रस्ताव गरिएको क्षेत्रीय समितिले जनाएको छ । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले धरानवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आफूले गम्भीरतापूर्वक लिएर हेर्ने र समस्याको निकासका लागि आफ्नो तर्फबाट सक्दाे पहल गर्ने विश्वास दिलाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com