काठमाडौं । पर्यटन प्रबर्द्वनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वजाबाहक एरलाइन्सको आइतबार रातिको दुबई उडान रद्द गरेर विमान सोमबार मलेसिया लगिएको छ।
नेपाल वायु सेवा निगमको उच्च स्रोतका अनुसार, उक्त मेलामा भाग लिन निगमको कार्पोरेट विभागका रविन्द्र श्रेष्ठ र कमर्सियल विभागका निर्देशक कृष्णगोपाल जोशीसहित ३७ जना नेपालीको टोली सोमबार बिहान साढे नौ बजे काठमाडौंबाट उडेको कान्तिपुर दैनिकमा समाचार छ।
यसमा निगमका ४ कर्मचारीसहित पाटा नेपाल, पर्यटन बोर्ड, पर्यटन व्यवसायी र पत्रकार छन्। १ सय ५८ सिट क्षता भएको उक्त न्यारो बडी एयर विमानमा ६५ जना अन्यले टिकट काटेका यात्रु रहेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।