नेपालले अब चिनियाँ बन्दरगाह प्रयाेग गर्न पाउने, ताेडियाे भारतमाथिकाे निर्भरता


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ। नेपाल र चीनबीच सन २०१६मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविसंकर सैंजु र चिनियाँ पक्षको नेतृत्व त्यहाँकाे यातायात सेवा विभाग यातायात मन्त्रालयका महानिर्देशक वांङ सि पीङले गरेका थिए।

बुधबारदेखि काठमाडौमा भएको ३ दिने दुई पक्षीय बैठकले तेस्रो मुलुकबाट नेपालले बस्तु आयात निर्यात गर्दा चीनका तियान्जिन, सान्जेन, लियान्ग्याङ झान्जियाङलगायतका समुद्रिक बन्दरगाह प्रयोग गर्न पाउनेछ। यसका अतिरिक्त ती बन्दगाहमार्फत नेपालसम्म ढुवानीका लागि उपयुक्त स्थलमार्ग र भन्सार नाका प्रयोगमा पनि नेपालले सहज उपयोग गर्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको छ।

यसले अब नेपालको व्यापारमा उत्तर पुर्वी एसियाली राष्ट्रसँगको सहज पहुँच स्थापना हुनेछ। यसले भारतको कलकत्ता बन्दरगाहमाथिको निर्भरता पनि कम गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रोटोकल बैठकमा भन्सारसँग सम्बन्धित प्रक्रिया यातायातका माध्यम, ढुवानी मार्गलगायचत विभिन्न विषयमा छलफल भएको  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

बैठकमा नेपालको नेतृत्व गरिरहेका सैंजुले सहमतिका कारण चीनले नेतृत्व गरेको बेल्ट एन्ड रोड इनिसिएटिभको लाभ लिन नेपाललाई सहज हुने बताए। सहमति कायान्वयनका लागि २ महिना भित्रै एक चिनिया प्रतिनिधिमण्डल नेपाल आउनेछ,’उनले भने,‘ अवस्था सबै सकारात्मक रहेकाले २ महिनापछि नेपालले बन्दरगाह प्रयोग गर्न सक्नेछ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com