विद्याको आग्रह पनि ओलीद्वारा अस्वीकार, खाना नखाई बाहिरिए प्रचण्ड


प्रकाशित मिति : मंसिर १५, २०७३ बुधबार

राष्ट्रपति विद्या भण्डारीले तीन प्रमुख दलका नेताहरूलाई एक ठाउँमा ल्याउन गरेको प्रयास एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण असफल भएको छ । राष्ट्रपति भण्डारीले सोमबार साँझ (मङ्सिर १३ गते) तीन दलका प्रमुख नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओलीलाई रात्रिभोजमा आमन्त्रण गरेर सहमतिका लागि प्रयास गरेकी थिइन् ।

राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट पैदा हुने भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन हुनुपर्ने धारणा राखेकी थिइन् । राष्ट्रपतिलाई सकारात्मक भूमिकामा पाएपछि प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमत भइदिन ओलीलाई विशेष आग्रह गरेका थिए । तर, ओली ‘टसबाट मस’ भएनन् । ओलीले भने, ‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता छ, राष्ट्र र राष्ट्रियतालाई असर गर्ने कुनै कार्य हुन नदिन एमाले प्रतिबद्ध छ ।’

ओलीका कुरा सुनेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘बरु लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे हामी सकारात्मक हुन सक्छौँ, ओलीजीले संविधान संशोधनमा सहमति जनाइदिनुपर्‍यो ।’ देउवाको आग्रहलाई पनि ओलीले टेरेनन् । त्यसअघि गत साता प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवाले लोकमानका विषयमा सोच्न सकिने भन्दै संशोधन प्रस्तावमा सहमत भइदिन आग्रह गर्दा ओलीले ‘लोकमानको विषयलाई संविधान संशोधनसँग जोड्न नहुने’ जवाफ फर्काएका थिए ।

रात्रिभोजको अवसरमा छलफल हुँदा ओलीले संशोधन प्रस्तावबारे पुरानै अडान कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले ‘त्यसो भए हामी संविधान संशोधन प्रस्ताव दर्ता गर्छौं, संसद्मा छलफल गरौँ, तर संसद् अवरुद्ध तुल्याउने या सङ्घर्ष गर्ने काम नगरौँ’ भनी ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले प्रचण्डको सो आग्रहलाई पनि सकारात्मक रूपमा लिएनन् । उनले भने, ‘हामी संशोधन आवश्यक नरहेको ठान्छौँ, बलजफ्ती संशोधन प्रस्ताव दर्ता गरियो भने त्यसको विरुद्ध संसद्भित्र र सडकमा पनि विरोध गर्छौं, सङ्घर्षमा उत्रिन्छौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केपी ओलीलाई राष्ट्रपतिसहितले सहमतिमा ल्याउन गरेको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्ड केही पनि नखाईकन रात्रिभोजबाट बाहिरिएका थिए । भनिन्छ, प्रचण्ड आफ्नी पत्नी सीताबिना रातिको खाना खान मन पराउँदैनन् । कसैले आफूलाई मात्र भोजमा बोलाएको छ भने उनी कुनै न कुनै बहाना बनाएर भोज नखाईकन निस्कने गर्छन् ।

तर, राष्ट्रपतिद्वारा आयोजित भोजमा भने प्रचण्डले केही न केही खाइदिने विश्वास गरिएको थियो । ओलीलाई मनाउन नसकिने देखिएपछि खानेकुरातिर प्रचण्डले ध्यान नदिएको बताइन्छ । घरमा आफन्तहरूलाई बोलाएको बताएर प्रचण्ड खाना नखाईकन राष्ट्रपतिनिवासबाट बाहिरिएको बुझिएको छ । घटना र विचार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com