केरा बेचेर अौषधी किन्ने सपना अधुरै, पोखरा पृथ्वी चोकमा देखिएको एउटा गरिब चेलिको दुखेसो
प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार
पोखरा महङ्गो बजार ३ वटा छोराछोरी भएकि एउटा महिला केटाकेटी पालनपोषण, सरकारी स्कुलनै पढाएपनि कपि कलम ईत्यादि जुटाउनु बाध्यता छदैछ । त्यसमाथि श्रीमान बिरामी भएको पिडा उनलाई छ । अौषधि खान र जसोतसो घर चलाउनु उनको बाध्यता छ । त्यसैको बिचमा घरमा ३ घरि केरा पाक्छ । त्यसले उनलाई एकाबिहानै खुसि बनायो र अबोध बच्चा बच्चिलाई समेत पाकेको केरा नदेखाई उनि ३ घरि केरा बोकेर पोखरा झर्छिन् ।
बजारमा अाएर १ दर्जन केरा बेच्न नपाउदै उनको केरा सहितको डोको नगर प्रहरीले झम्टन्छन् । उनले केहिबेर डोको तान्छिन् तर केही नलागे पछि केरा खोसेर लैजान्छन । डोको तान्दा उनको हात समेत काटेको छ (जुन तस्बिरमा देखिन्छ) । उनि दुखेसो गर्दै भन्छिन, बुढालाई दमको अौषधि, छोराछोरीलाई कापी कलम र नुन तेल किनेर २/४ पैसा जोगाएर राख्छु भन्ने तिनको निर्दोष सपना ५ मिनेटमा लुटिन्छ । नगर प्रहरी गाडि लिएर अाउछन् उनले बेच्न डोकामा लिएर हिडेको केरा खोसेर लैजान्छन् । उनी निराश देखिन्छिन जुन तस्बिरमा देखिन्छ ।यहि रहेछ गरीबीको उपहार





