आजबाट लागू भएको नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ( भिडियो )


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

आजबाट लागू भएको नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन, हेर्नुहोस् भिडियो
आजबाट लागु भएको मुलुकी अपराध (संहिता) ऐनको बिरोधमा एक युवाले मुुलकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार अगाडी नाङ्गिएर प्रदर्शन गरेका छन् । मुलुकी अपराध (संहिता) ऐनले नेपालमा पशु अधिकारको हनन भएको भन्दै झापाका बिकिन काङबाङ (लिम्बु)ले सिंहदरवार अगाडी नाङ्गिएर प्रर्दशन गरेका हुन् ।

सरकारलाई चुनौती दिंदै नाङ्गिएका युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । सिंहदरवारको दक्षिण गेट तर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले गाई र गोरुको लागि मात्रै कानुन बनाएर गलत गरेको बिकिनले आरोप लगाएका छन् । राज्यले सबै जातजाती भाषाभाषी र धर्मालम्बीलाई सम्मान गर्ने गरी कानुन बनाउनुपर्ने उनको माग छ ।राष्ट्रिय जनावार गाईको संरक्षण गर्न सरकार चुकेको उनको आरोप छ । ‘कानुन बनाएर मात्रै संरक्षण हुने होईन’ उनले भने, ‘गाईको संरक्षणमा सरकार लागेको खोई ?’ उनले राष्ट्रिय जनावार पनि पविर्तन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा रहेको लोपउन्मुख जनावारलाई राष्ट्रिय जनावर घोषणा गर्न उनले माग गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com