डेटिङमा बोलाएर आफ्नै प्रेमिकाको हत्या


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

विराटनगर,१ भदौं । मोरङको एक युवकले डेटिङमा बोलाएर आफ्नै प्रेमिकाको हत्या गरेका छन्। आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्।

ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीय भट्टराईले चक्कुले हानेर प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्।

प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए।

एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए। सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेका युवकले आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको बताएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा कारर्वाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए।

शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्ने बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com