अहिलेसम्मकै ठूलो आयकर छलीको मुद्दा दायर


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

राजस्व अनुसन्धान विभागले आयकर छलीको अहिलेसम्मकै ठूलो मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ।

हिमालयन कार्गो चलाउने विनोदकुमार गुप्ताले आयकर छली गरेको भेटिएको हो। उनले कार्गो कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको अनुसन्धानबाट देखिएको विभागले जनाएको छ।

विभागले विगो र जरिवाना समेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि २०७१/०७२सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको देखिएको छ। विभागले आर्थिक वर्ष २०७२/०७३देखि ०७४/०७५सम्म कुनै कर नबुझाएको जनाएको छ।

विभागले विनोद र उनका श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन्। उनले गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको जानकारी दिँदै एक अर्ब रुपैयाँ बराबरको स्थीर सम्पत्ति रोक्का गरेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालगंज भन्सार कार्यालयबाट विना जाँचपास भारतबाट धुलो दूध र वनस्पति घिउ बोकेको ट्रक नागढुंगाबाट पक्राउ परेको थियो। यो गाडी पक्राउ परेपछि हिमालयन कार्गो संचालक गुप्ताको विभागले अनुसन्धान थालेको थियो। यो अनुसन्धानबाट गुप्ताले आयकर नतिरेको भेटिएको हो।यो राजस्व चुहावटमा विभागले रविन्द्र गुप्तासहित २२ जना विरुद्ध १० करोड २० लाख रुपैयाँ बरारबको मुद्दा अदालतमा दायर गरेको छ।

दूध र घिउको नक्कली भन्सार प्रज्ञापनपत्र बनार्इ चोरी पैठारी गरेको तथा नक्कली भ्याट विल बनाएको अनुसन्धानमा देखिएको छ। यो मुद्दामा नेपालगंज भन्सार प्रमुख जनार्दन आचार्य, भन्सार अधिकृत वटुकृष्ण अधिकारी,भन्सार जाँचकी वसन्तकुमार सुवेदी,कम्प्युटर अपरेटर चन्द्रबहादुर क्षेत्री, भन्सार सहायक जितबहादुर श्रेष्ठ र रामबहादुर थापालार्इ समेत मुद्दा दायर गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com