नयाँ मुलुकी ऐन:व्यक्तिको हत्या हुँदापनि कानूनले उन्मुक्ति दिने ती ६ परिस्थिति


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

काठमाडौं, २९ साउन । सामान्यतया कसैले कुनै व्यक्तिको हत्या गर्‍यो भने हत्या गर्ने व्यक्ति कानूनको नजरमा दोषी हुन्छ। कानून अनुसार उसलाई सजाय तोकिन्छ। तर, मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी (अपराध) संहिता २०७४ ले ६ वटा परिस्थिति उल्लेख गरेको छ, जुन परिस्थितिमा कोहीद्वारा कसैको हत्या भयो भने सजायँको भागेदार बन्नु पर्दैन।

व्यक्तिको हत्या हुँदापनि कानूनले उन्मुक्ति दिने ती ६ परिस्थिति निम्न बमोजिम छन्:

१ आफू वा कसैविरुद्ध भएको आक्रमण विरुद्ध तत्काल रक्षा नगर्दा आफ्नो वा अरु कसैको ज्यान जान वा आफू वा अरु कसैलाई गम्भीर चोट लाग्न वा अंगभंग हुनसक्छ भन्ने मनासिव विश्वास भएमा

२ जवर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिव विश्वास भई वा जवर्जस्ती करणी गर्दाका बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम भएकोमा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३ ज्यान मार्ने, बन्धक वा अपहरण मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने नियतले शरीर बन्धक लिएकोमा वा अपहरण गरेकोमा

४. मानिस बस्ने, पूजा वा प्रार्थना गर्ने, सम्पत्ति राख्ने कुनै घर, पाल वा सवारी साधनलाई घेराबन्दी गरी, जोखिमपूर्ण हातहतियार प्रयोग गरी, आगो लगाई वा विस्फोटक पदार्थ प्रयोग गरी क्षति पुर्‍याउन खोजेकोमा

५. डाँकाको कसुर विरुद्ध रक्षा गर्नु परेमा

६. कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांस स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको सम्पत्ति वा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अधिकार प्राप्त अधिकारीको आदेशबाट खटिएको सुरक्षाकर्मीले त्यस्तो व्यक्ति वा सम्पत्ति विरुद्ध भएको आक्रमण रोक्न तत्काल प्रतिकार गर्नु परेमा

आगामी १ भदौदेखि लागू हुन लागेको मुलुकी (अपराध) संहिता २०७४ मा यस्तो व्यवस्था गरिएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com