मृत्युसँग जुधिरहेकी २ दिनकी बालिकालाई अस्पतालमा छोडेर मातापिता फरार


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

राजस्थानको उम्मेद अस्पतालमा ती बालिकालाई भर्ना गर्न ल्याइएको थियो । मातापिताको पहिचानको लागि प्रहरीले अस्पतालको सिसिटिभी फुटेज हेर्न खोज्दा अस्पतालको क्यामेरासमेत बिग्रिएको पाइएको छ । प्रहरीका अनुसार ८ अगष्टका दिन बिहान ४ बजे ती बालिकालाई भर्ना गरिएको थियो । बालिकाको गम्भीर अवस्था देखेर उनलाई आइसीयुमा भर्ना गरिएको थियो । बालिकाका मातापिताले आफ्नो नाम गीता र दशरथ बताएका थिए । बालिकालाई भर्ना गरेको ५ घण्टामा दुवै बालिकालाई छोडेर भागे ।

साँझसम्म बालिकाका कोही आफन्त नदेखिएपछि आसपासका बिरामीलाई शंका भयो । उनीहरुले अस्पताल प्रशासनलाई यसबारे जानकारी दिए । अस्पताल प्रशासनले बालिकाका मातापितालाई खोज्ने कोसिस गर्दा कोही नभेटिएपछि प्रहरीमा सूचना दिएको थियो । अहिले अस्पतालले बालिकाको ज्यान बचाउन प्रयास गर्दैछ र प्रहरीले उनका मातापितालाई खोजिरहेको छ । अब बालिका अस्पतालका चिकित्सक र भाग्यको भरोसामा छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com