नवलपरासीको गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम मंगलबार बिहानै  आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ ।

बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त का त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com