निर्वाचनको मिति कानूनमै व्यवस्था गर्न आयोगको सरकारसँग आग्रह


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

निर्वाचन आयोगले निर्वाचनको मिति कानूनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति कानूनमै व्यवस्था गरे निर्वाचनको मिति सर्नेलगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धी समस्या स्वतहः समाधान हुने पनि स्पष्ट पारे।

आइतबार काठमाडौंमा आयोजित ‘नेपालको निर्वाचन कानूनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान पनि दोहोर्‍याए।

प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदानस्थलमै मतगणना हुने कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिए। सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेको उनको तर्क थियो।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीले निर्वाचन कानून सुधारको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com