धुर्मुस्–सुन्तलीले बनाउने फिल्मको शीर्षक लिक


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

पछिल्लो समय अभिनयभन्दा सामाजिक कामहरुका कारण चर्चा र विवादमा रहेका सीताराम कट्टेल धुर्मुस् र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गर्ने भनिएको फिल्मको नाम लिक भएको छ ।

धुर्मुस्–सुन्तली जोडीले अर्को चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार टिमसँग मिलेर फिल्म निर्माण गर्ने भनिए पनि नाम भने गोप्य राखेको थियो । गत महिना पोखरा पुगेर फिल्मको स्क्रिप्टमा वर्कआउट गरेर फर्केको यो टोलीले आफ्नो फिल्मको नाम एन्टिभाइरस राखेका छन् । फिल्ममा अभिनयकालागि अफर गरिएका अभिनेता प्रदीप खड्काले धुर्मुस्–सुन्तलीको निर्माणमा बन्ने फिल्मको शीर्षक सार्वजनिक गरिदिएका हुन् । अफर आए पनि प्रदीपले एन्टिभाइरस खेल्ने नखेल्ने भन्ने टुङ्गो भने लागिनसकेको बताएका छन् ।

’मैले उहाँहरुको वान लाइन स्टोरी मात्र सुनेको हुँ । गर्छु भन्ने कन्फर्म भएको छैन । ‘एन्टिभाइरस’ नगर्न पनि सक्छु’, उनले भने । अहिलेका महंगा अभिनेतामा पर्ने प्रदीप ’रोजी’ पछि नयाँ फिल्म ’लभ स्टेशन’ को सुटिङमा व्यस्त हुँदैछन् ।

फिल्ममा धुर्मुस्–सुन्तली र भद्रगोलका मूख्य कलाकारहरुसँगै मनोज गजुरेल पनि रहने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धुर्मुस सुन्तली नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै टेलिश्रृंखलाबाट लोकप्रिय बनेका हाँस्य कलाकार जोडी हुन् । यस्तै भद्रगोल नेपाल टेलिभिजनका दर्शकहरुले अत्याधिक रुचाएको अर्काे हाँस्य टेलिश्रृंखला हुन् । मिडिया हबले निर्माण गर्ने दुवै श्रृंखलाको प्रसारण अहिले पनि रोकिएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com