विवाहपछि पनि उत्तिकै महंगो पारिश्रमिक लिन्छिन् करिना
प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार
करिना कपुर कुनै समयमा बलिउडमा निकै स्टारडम कमाउन सफल नायिका हुन् । पछि सेफ अली खानसँग विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन् । अझ् बच्चा पाएपछि त करिनाको फिल्मी करियर निकै कमजोर बन्न पुगेको थिए । उनका धेरै फ्यानहरुले त अब करिना फिल्ममा ब्याक नहुने आँकडा पनि गरेका थिए । हुन पनि विवाह भएपछि र सन्तान जन्माएपछि बलिउडका धेरै नायिकाहरुले फिल्मी करियरलाई छाडेका छन् तर करिनाले भने त्यसो गरिनन् ।
विवाह पछि केही समय फिल्म क्षेत्रबाट टाढा रहेपनि उनी फेरि फिल्ममा सक्रिय हुन थालिन् । बच्चा जन्माईसकेपछि करिनाले खेलेको पहिलो चलचित्र वीरे दि वेडिङ थियो । उनको त्यो चलचित्र निकै सफल भयो र त्यस चलचित्रबाट उनले निकै महंगो पारिश्रमिक पनि लिएकी थिइन् । उनको क्रेज वीरे दि वेडिङ चलचित्रबाट फेरि पहिलेकै जस्तो भयो ।
करिना अहिलेका सुपरहिट महंगा नायिका मानिने दिपिका पादुकोण, कट्रिना कैफ र प्रियंका चोपडाको बराबरमा पारिश्रमिक लिन थालेकी छिन् । विवाह पछि पनि यत्तिको क्रेज र पारिश्रमिक पाउने करिना बलिउडकी पहिलो नायिका हुन् । अब करिना छिट्टै करण जोहरको नयाँ चलचित्रमा देखिने भएकी छिन् ।





